- Loading...
यो बर्ष सर्वाधिक वर्षा, इतिहाँसकै रेकर्ड ‘ब्रेक’
- पुनहिल डट कम
- ४ साल अघि
- १३२ पटक पढिएको
नेपालको बर्षा मापनको इतिहाँसमा यो बर्ष अधिक बर्षा मापन भएको छ । पोखरा विमान स्थल स्थित बर्षा मापन केन्द्रले सन २०२० को जनवरी १ देखी सेप्टेम्बर २१ तारेख (०७६ पुस १६ देखी ०७७ असोज ५ गतेसम्म)मा ५ हजार ९७ दशमलव ३ एमएम वर्षा मापन गरेको छ ।
महाशाखाको अभिलेख अनुसार २२ बर्ष अघि सन १९९८ मा जनवरीदेखी डिसेम्बरसम्म (एक बर्षमा) ४ हजार ८ सय ७९ एमएम बर्षा भएको रेकर्ड थियो । अस्ती असोज ५ (सेप्टेम्बर २१) गतेदेखी भैरहेको भारी वर्षा भैरहेको र यो बर्ष अझै तीन महिना बाँकी रहेकोले यो बर्ष बर्षाको रेकर्ड अझ वढ्ने निश्चित छ ।
यो रेकर्ड इतिहाँसकै सर्वाधिक हो । नेपालमा अत्यावश्यक सेवा संञ्चालन ऐन २०१४ अन्र्तगत २०२५ साल पुस १ गतेदेखी त्रिभुवन अन्र्तराष्ट्रिय विमान स्थल गौचरनमा मौषम पूर्वानुमान तथा वर्षा मापन सुरु गरिएको हो ।
उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय अन्र्तगत जल तथा मौषम विभागको वातावरण अधययन शाखा (क्लाइमेट एनलाईसिस सेक्सन) डिएचएमले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डिलबाट उक्त विवरण सार्वजनिक गरेको छ ।