- Loading...
आज रातीदेखी पाँच दिन भारी/अतिभारी वर्षाहुने संभावना, बाढीपहिरोको जोखिम बढ्यो
- पुनहिल डट कम
- ४ साल अघि
- १५३ पटक पढिएको
असोज लागेपछि सामान्यतया: मौषममा सुधार हुनु पर्ने हो । तर त्यसो भैरहेको छैन । आज सोमबार रातीदेखी पाँच दिनसम्म ठूलो/अति ठूलो वर्षाको संभावना देखिएको छ ।
हाल उत्तरपूर्व वंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम उत्तर–उत्तर पश्चिम तर्फ सर्ने क्रममा रहेकोले आगामी ४–५ दिने (सेप्टेम्बर २१ रातीदेखी २५ सेप्टेम्बर)सम्म नेपालको धेरै स्थानमा मेघगर्जन, हावाहुरी सहित बर्षा तथा केही स्थानमा भारी वर्षादेखी अतिधेरै बर्षाको संभावना रहेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ ।
विभागले जारी गरेको सूचना अनुसार आज दिउँसो हावाहुरी चल्ने र राती प्रदेश १, २, बाग्मती, गण्डकी प्रदेश क्षेत्रमा भारी वर्षा तथा हावाहुरीको जखिम रहेको छ । र मौषमी गतिविधी विस्तारै बढ्दै जाने देखिएको छ । बाढीपहिरोको जोखिम पनि बढेकोले सतर्क रहन आग्रह गरिएको छ ।
त्यस्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणको अभिलेख अनुसार यस वर्ष (०७७ वैशाख १ देखी असोज ४ गते)सम्म देशभरमा पहिरोबाट २ सय ७० जनाको मृत्यु, ६४ जना वेपत्ता र २ सय ४ जना वेपत्ता छन । त्यस्तै बाढीले बगाएर ३६ जनाको मृत्यु, ३५ जना वेपत्ता र ९ जना घाईते भएका छन । सोही अवधिमा चट्याङ लागेर ४० जनाको मृत्यु र ८४ जना घाईते भएका छन ।