- Loading...
विद्यालय शिक्षा विद्यालय राष्ट्रियकरण होइन, मर्ज गर्नुपर्छ
- पुनहिल डट कम
- ४ साल अघि
- १६० पटक पढिएको

कोरोना भाइरस (कोभिड–१९) कारण विद्यालय शिक्षा प्रभावित भयो । वैकल्पिक शिक्षण सिकाइ सुरू गरे पनि सबै विद्यार्थीको पहुँचमा पुग्न सकेन । निजी विद्यालयको शिक्षण सिकाइ केही प्रभावकारी भए पनि विभिन्न माग राखेर १ साउनदेखि स्थगित गरे ।
अहिले विद्यालय तहका ७५ लाख बालबालिका शिक्षाको पहुँचभन्दा बाहिर छन् । अब विद्यालय शिक्षालाई कसरी प्रभावकारी बनाउने ? शिक्षाको गाँठो कहाँ–कहाँ छ ? गाँठोलाई कसरी फुकाउने ? शिक्षाविद् डा. विद्यानाथ कोइराला
गाँठो फुकाउने जिम्मा पालिकालाई
शिक्षाको गाँठो फुकाउन सजिलो छ । अड्किएको कतै पनि छैन । सरकारले सम्पूर्ण जिम्मा पालिकालाई दिनुपर्छ । शिक्षामन्त्रीले शिक्षक महासंघ, प्याब्सन र एनप्याब्सनलाई पालिकासँग सहकार्य गर्न भन्नुपर्छ ।
निजीकोे समस्या सरकारले लिनु पर्दैन
निजीको जे समस्या छ, त्यो सरकारले लिनु पर्दैन । निजी विद्यालयको समस्या त अभिभावकसँग हो । अभिभावकसँग छलफल गर्न दिनुपर्छ । शुल्क तिर्न अभिभावक तयार छन् ।
कोही अभिभावक पूरै तिर्न सक्ने होलान्, कोही आधा दिने होलान्, कोही थोरै दिन सक्लान्, कोही दिनै नसक्ने पनि होलान् । यो विद्यालय र अभिभावक बसेर मिलाउन सकिने विषय हो ।
शुल्क नलिनू भन्नु मुर्ख्याइँ
तर शुल्क नै नलिनू भन्नु भनेको मुर्ख्याइँ हो । शिक्षामन्त्री नै कुलपति भएको खुला विश्वविद्यालयमा भर्ना, पढाइ, परीक्षा अनलाइनबाटै हुन्छ । अनलाइनबाट पढाएको किन शुल्क लिएको ? अनि विद्यालयहरूले अनलाइनबाट कक्षा चलाउँदा नलिऊ भन्न मिल्छ ?
विद्यालय मर्ज गर्नुपर्छ, राष्ट्रियकरण गर्न हुँदैन
सरकारले पालिकालाई अब विद्यालय भटाभट मर्ज गर्न भन्नुपर्छ । निजीलाई निजीसँग, सरकारीलाई सरकारीसँग वा सकिन्छ भने निजी र सरकारीबीच पनि मर्ज गर्नुपर्छ ।
मर्ज कसरी गराउने भन्ने प्रश्न होला । त्यो पनि सजिलो छ । पालिकाले पनि मर्ज गराउन बल गरेका छन् । शिक्षक महासंघलाई सोध्ने, कुनकुन विद्यालयमा कति विद्यार्थी छन् ? थोरै विद्यार्थी छन् भने त्यत्तिकै ओगटेर किन राख्ने ? अहिले गाउँगाउँमा मोटरबाटो पुगेको छ ।
निजीका विद्यार्थीले मोटर चढेका छन् भने सरकारीका विद्यार्थीले किन नहुने ? मर्ज भएपछि मोटरबाट एक ठाउँबाट अर्को ठाउँमा विद्यार्थीलाई सजिलै लैजान सकिन्छ । अर्को विद्यालयमा सेल्टर बनाउन सकिन्छ । ४–५ जना विद्यार्थी बस्न सक्ने सेल्टर बनाउन सकिन्छ ।
मर्ज गरेर खाली भएको विद्यालयलाई खाली राख्नु पर्दैन । त्यसलाई लाइब्रेरी वा लोकल म्युजियम बनाउन सकिन्छ । मर्ज भएपछि शिक्षक जान चाहन्छन् भने जान्छन् । जान चाहेनन् भने जगेडा शिक्षक राख्न सकिन्छ ।
निजीलाई राष्ट्रियकरण गर्ने आवाज उठिरहेका पनि छन् । तर राष्ट्रियकरण गर्नु हुँदैन । राष्ट्रियकरण गर्नु भनेको महागल्ती हुन्छ । यो गल्ती गरिनु हुन्न ।
वैकल्पिक शिक्षण सिकाइ पूरक हो
वैकल्पिक शिक्षण सिकाइ वैकल्पिक होइन, पूरक हो । तत्काल विद्यालय खोल्न मिल्छ मिल्दैन, यो विज्ञ डाक्टरले भन्ने कुरा हो । सरकारले ६ वटा जिल्ला कोरोनामुक्त भनेको छ । कोरोना कतिलाई जाँचेको हो ? कहाँको मान्छे जाँचेको हो ?
तत्काल गाह्रो छ, त्यसैले सबै विकल्प खुला राख्नुपर्छ । स्कुल जान सकिन्छ भने दूरी कायम गर्न पनि सकिन्छ । स्कुल जान सकिदैँन भने विद्यार्थीको घरमा जाने डिजाइन बनाउनुपर्छ । अभिभावक, विद्यार्थी र शिक्षक तयार भए विद्यालय खोल्न सकिन्छ । होइन, तीमध्ये कोही डराए भने विकल्प दिऔँ ।
शैक्षिकसत्र ढिला गर्नु हुन्न
शैक्षिकसत्रलाई ढिला गर्नु हुन्न । वैशाखदेखि नै शैक्षिकसत्र चलाउनुपर्ने हो । रेडियो, टेलिभिजन, अनलाइन, अफलाइन केबाट हुन्छ चलाउनुपर्छ । अब दोहोरो मोड चलाएन भने २० प्रतिशत विद्यार्थी विद्यालयबाट आउट हुन्छन् ।
विद्यार्थीलाई जोड्न भएका सबै विकल्पको प्रयोग गर्नुपर्छ । त्यसका लागि विद्यार्थीको शैक्षिक सामग्री बनाउनुपर्छ । शिक्षा मन्त्रालयका कर्मचारीले होइन, प्राइभेट वा सरकारी विद्यालयका शिक्षकलाई सामग्री बनाउने जिम्मा दिनुपर्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
