- Loading...
आज संविधान दिवस, देशवासीका नाममा प्रधानमन्त्रीको विशेष सम्बोधन गर्ने
- पुनहिल डट कम
- ४ साल अघि
- १२० पटक पढिएको

विविध कार्यक्रम गरी आज संविधान दिवस मनाइँदैछ । ३ असोज २०७२ मा संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनाइँदैछ ।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले दिवसका अवसरमा शनिबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
सम्बोधनमार्फत उनले स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिने भएकाले विगतमा अघिल्लो दिन प्रधानमन्त्रीले लिखित शुभकामना दिने क्रमभन्दा पृथक रहने जनाइएको छ । संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन ।
सैनिक मञ्च टुँडिखेलमा बिहान ९ बजे हुने विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन । उक्त सम्बोधनमा शुभकामना र संविधान कार्यान्वयन अवस्थाबारे जानकारी दिने बताईएको छ ।
यस्तै, संविधान दिवसकै अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले २८९ जना कैदीबन्दीको कैद मिनाहा गर्नु भएको छ । संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम यही असोज ४ गतेदेखि लागू हुने गरी कैद माफी दिइएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
