- Loading...
प्रधानमन्त्री ओलीले आज विशेष सम्बोधन गर्दै
- पुनहिल डट कम
- ४ साल अघि
- १३८ पटक पढिएको
संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन ।
सैनिक मञ्च टुँडिखेलमा बिहान ९ बजे हुने विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन । उक्त सम्बोधनमा शुभकामना र संविधान कार्यान्वयन अवस्थाबारे जानकारी दिने बताईएको छ ।
यस्तै, संविधान दिवसकै अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले २८९ जना कैदीबन्दीको कैद मिनाहा गर्नु भएको छ । संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम यही असोज ४ गतेदेखि लागू हुने गरी कैद माफी दिइएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कैदीबन्दी रिहा हुँदै गर्दा आजै राष्ट्रपतिले ५९४ जनालाई विभिन्न सरकारी विभूषण प्रदान गर्नुहुनेछ । मन्त्रिपरिषद्ले गरेको सिफारिस बमोजिम राष्ट्रपतिले विभूषण प्रदान गर्न लाग्नु भएको हो । तत्कालीन राष्ट्रपति रामवरण यादवले २०७३ साल असोज ३ गते नेपालको संविधान जारी गर्नुभएको थियो । यो संविधान जनप्रतिनिधिले पारित गरेको पहिलो र नेपालको सातौं संविधान हो ।