FLASH NEWS
- Loading...
संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउने
- पुनहिल डट कम
- ४ साल अघि
- १५९ पटक पढिएको

संविधान दिवसको अवसरमा भोलि (असोज ३ गते) युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउने भएको छ।
“संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ को सुखद अवसरमा भोलि साँझ ८ बजे दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफा र अबुधाबीस्थित एडीएनओसी भवनमा नेपालको राष्ट्रिय झण्डा झलमलाउँदै छ,” युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले आफ्नो फेसबुक पेजमा लेखेका छन्।
बुर्ज खलिफाको उचाई ८२९.८ मिटर रहेको छ। बुर्ज खलिफामा गत वर्ष संविधान दिवसको दिनमा पनि नेपालको राष्ट्रिय झण्डा झलमालाइएको थियो। युएईस्थित नेपाली दूतावासको अनुरोधमा गत वर्षझैं यस वर्ष पनि बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउन लागिएको हो।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
