- Loading...
धुमधामसहित मनाइयो बूढी पोल्ने पर्व
- पुनहिल डट कम
- ४ साल अघि
- २५४ पटक पढिएको

सुदूरपश्चिममा बूढी पोल्ने अर्थात ‘बन्ढुनी पर्व धुमधामका साथ मनाइँदै छ । १ असोजका दिन राक्षस पुतनालाई भगवान्श्रीकृष्णले मारेको उत्सवका रुपमा सुदूरपश्चिममा यो पर्व मनाइने गरिन्छ । भदौ संक्रान्तिमा सुरु हुने यो पर्व असोज संक्रान्तिमा सकिन्छ । भगवान् कृष्णले पुतनामाथि विजय गरेको अर्थात् आसुरी शक्तिमाथि दैवी शक्तिले विजय गरेको खुसियालीमा पर्व मनाउने गरिन्छ ।
भदौ संक्रान्तिमा गाउँका मानिस नजिकैको वनबाट विभिन्न बुट्यान (झिकणा) काटेर एक ठाउँमा थुप्रो (बन्ढुनी) पार्छन् । त्यो थुप्रोलाई असोज संक्रान्तिमा जलाइन्छ । पर्वको केन्द्रबिन्दु असोज संक्रान्तिलाई मानिन्छ ।
किंवदन्तीअनुसार कंशकी बहिनी पुतनाले कृष्ण भगवानलाई मार्न खोज्दा आफैं जलेर मरेकी थिइन् । द्वापर युगमा विषाक्त दूध सेवन गराई बालबालिकाको ज्यान लिने गरेकी पुतनालाई कृष्णले दूध चुसी मारेको र कृष्ण बाँचेको खुसियालीमा असोज संक्रान्तिका दिन यो पर्व मनाइने गरिएको पण्डित रामचन्द्र भट्टले बताए ।
यस पर्वमा कुनै देवीदेवताको पूजाआजा गरिँदैन । यसलाई बालप्रधान पर्व पनि भनिन्छ । थुप्रो जलाउँदा बालबालिका ‘गाईबाच्छी पाल बूढी निकाल, थुई बूढी थुई भन्ने गर्छन् ।
किंवदन्तीअनुसार यो पर्वलाई रामायणको कथासँग पनि जोडिएको छ । रावणले सीतालाई हरण गरेर लगिरहेको कागभुषुन्डी जटायुले देखेछ । कागभुषुन्डीले सीतालाई रावणबाट बचाउन रावणलाई टोकेछ । रावणले वाण हानेर कागभुषुन्डीलाई घाइते बनाइदिए । घाइते कागभुषुन्डी बाटोको छेउमा खसेर छटपटाइरहेका बेला सीताको खोजीमा वन विचरण गरिरहेका राम र लक्ष्मणले देखेछन् ।
कागभुषुन्डीले सीता हरणको वृत्तान्त बताउँदै प्राण त्याग गरेछ । त्यसपछि भगवान् रामले कागभुषुन्डीको शरीर जलाई आत्माको चिरशान्तिको कामना गरेका थिए । सोही दिनको स्मरणमा यो पर्व मनाउन थालिएको हो ।
बन्ढुनी सुदूरपश्चिमका हरेक गाउँमा मनाइन्छ । यो सामाजिक र मौलिक पर्व पनि हो । यसमा बाबियो घाँसबाट महिलाको चुल्ठीजस्तै (लुडी) बनाइन्छ । त्यसमा सुन्दरता थप्न खसर्याका पात र चिमालीका सेता राता अनि पहेंला फूल जोडेर चित्ताकर्षक बनाइन्छ । बूढी पोल्न सल्लाको रातो काठलाई राम्रोसँग मसिनो गरेर चिरेर दियालो वा झरोको मसाल (राँका) बनाएर सजाइन्छ ।
त्यस्तै, साथमा बूढी पोल्दा पूजा गर्न भुरुली (काँगन) बाट भुटेर बनाइएको अन्न र काँक्रोको गोल टुक्राले पूजाआजा गर्ने चलन छ । अधिकांश गाउँमा पर्व मनाउने चलनमा समान छ । बालबालिकाहरू साँझको झिसमिसे अँध्यारोमा राँका बालेर एक हातले रंगीचंगी लुडी घुमाउँदै ‘गाबाच्छी पाल, बूढी निकाल भन्दै वनतिर दौडिन्छन् ।
त्यस समय प्रत्येक गाउँ उज्यालोले झिलीमिली हुन्छन् । यस दिन सबैभन्दा पहिले पाक्ने अन्न भुरुली र काक्रोले पूजा गरिन्छ । बूढी पोलेर मीठामीठा परिकार खाने चलन छ । यो पर्व सुदूरपश्चिमको डडेलधुरा, बैतडी, दार्चुला, बझाङ, अछाम, बाजुरा र डोटीलगायत पहाडी जिल्लाबाट बसाइँ सरी कैलाली–कञ्चनपुर गएका समुदायसँगै भारतको उत्तराञ्चल कुमाउ–गढवालमा समेत मनाउने चलन छ । source – palikakhabar.com

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
