- Loading...
बेनी–जोमसोम सडकमा फेरी यातायात अवरुद्ध, बेगखोलामा यात्रुलाई दिनै सास्ती
- पुनहिल डट कम
- ४ साल अघि
- १५२ पटक पढिएको

अन्नपूर्ण गाउँपालिका, ३ दानामा पर्ने संसारको सर्वाधिक गहिरो अन्ध गल्छिमा अवस्थित रुप्से झरनामा आएको बाढीले सडक बगाएपछि बेनी–जोमसोम सडकमा पैदल यात्रा समेत यातायात अवरुद्ध भएको छ ।
त्यस्तै सदरमुकाम बेनीदेखी ११ किमी उत्तर बेनी–जोमसोम सडकमा पर्ने रघुगंगा गाउँपालिका, १ बेगखोलामा बाढी आउँदा यातायात तथा पैदल यात्रा पूर्ण अवरुद्ध भएको छ । बाढी आउँदा सवारी संञ्चालन गर्न स्ट्याण्ड वाई राखिएको डोजरले बकेटमा राखेर यात्रु वार–पार गराउने गरेको छ ।
यातायात अवरुद्ध भएपछि मुस्ताङबाट आलु, स्याउ बोकेर झरेका र तल बेनीहुँदै खाद्यान्न समेत निर्माण सामाग्री बोकेर आएका सयौं सवारी साधन वारीपारी रोकिएका छन ।
माथिल्लो जलाधारमा भारीबर्षापछि पहिरो गएकोले रुप्से झरनामा गेग्रानसहित लेदोको बाढी आएपछि फेदीको सडक कटान गरेको हो । मंगलवार विहानैदेखी रुप्सेमा पानीको सतहबढेपछि अवरुद यातायात सडक नै बगेपछि बुधवारदेखी पूर्णरुपमा अवरुद्ध भएको छ । रुप्सेको बाढीले वल्लो–पल्लो भित्तो पुरै झारेर बगाएपछि नयाँ ट्याक खोल्न समस्या भएको हो ।
साउन २६ गतेको बाढीले एक महिनासम्म अवरुद्ध सडक रुप्से झरनामा नयाँ ट्याक खोलेर भदौ १ गतेदेखी यातायात संञ्चालन गरिएको थियो । भदौ ३० गतेदेखीको बाढीले ट्याक समेत बगाएपछि पुन: यातायात तथा पैदल यात्रा अवरुद्ध भएको छ ।
‘मंगलवार रुप्सेमा पानीको सतह केही घटेसँगै पानी फिँजारी नयाँ ट्याक खोलेर सवारी पास गराउने प्रयास असफल भयो । रातीको बाढी उर्लेर आएपछि वारीपारीको भित्ता समेत बगाएपछि भर्खर सडक खुल्ने संभावना नै रहेको छैन’ सडकका स्थानिय सुपरभाईजर इन्द्रसिं शेरचनले भने, ‘रुप्सेमा पानीको सतह नघटी भर्खर ट्याक खोल्न समस्या छ ।’
चार बर्ष अघि ०७३ भदौ १२ गते बेगखोलामा आएको बाढीले वस्तीसमेत त्यहाँको बेलिव्रिज बगाएपछि बर्षेनी बर्खायाममा बेगखोलामा पैदल यात्रुलाई खोला तर्न समस्या आउने गरेको छ । सवारी साधनपनि खोलामा पानीको सतह घट्दा जर्वजस्ती तार्ने र पानी बढ्दा यातायात अवरुद्ध हुने गरेको छ ।
सडक विभागले बेगखोलामाथी बन्ने मोटरपुलको डिजाईन टुङ्गो लगाउन सकेको छैन । बाडीले खोलाको स्पान बढाएको र वारम्बार धार परिवर्तन गरिरहने भएकोले कस्तो डिजाईनको पुल बनाउने चार बर्षसम्म टुङ्गो लगाउन नसकेको हो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
