- Loading...
प्रहरीको नयाँ आचारसंहिताः विपरित लिंगी सहकर्मीलाई धाप मार्न निषेध
- पुनहिल डट कम
- ४ साल अघि
- २७३ पटक पढिएको

प्रहरी प्रधान कार्यालयले संगठनमा कार्यरत सबै दर्जाका लागि पहिलो पटक एकीकृत आचारसंहिता जारी गरेको छ । संगठनभित्र अनुशासन कायम गर्ने भन्दै नेपाल प्रहरीका कर्मचारीहरुका लागि पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धि कार्यादेश–२०७७’जारी गरेको हो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक (एआइजी) प्रधुम्न कार्की अध्यक्ष रहेको तथा एसएसपी मुकुन्द आचार्य, एसपीहरु भूपेन्द्र खत्री, शिवकुमार श्रेष्ठ र राजन अधिकारी तथा डीएसपीद्वय गोविन्द थापा क्षेत्री र निर्मल बूढाथोकी सदस्य रहेको समितिले बनाएको आचारसंहितालाई आजबाट कार्यान्यनमा ल्याएको हो ।
कार्यादेशअनुसार सबै दर्जाका प्रहरीले आफ्ना विपरित लिंगीका प्रहरीलाई गलत मनसायले छुने, स्पर्श गर्ने, धाप मार्नेलगायतका गतिविधि गर्न पाउने छैनन् । अनुमति बिना विदेशीसँग भेटघाट गर्न पाइने छैन । अनुमति बिना विदेशी कूटनीतिक नियोग, कूटनीतिज्ञ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाका व्यक्तिसँग भेट गरेको पाइए कारवाहीको भागिदार हुनु पर्ने व्यवस्था गरिएको छ ।
यस्तै अनुमति बिना सञ्चारमाध्यममा लेख रचना तथा विचार प्रकट गर्न पनि पाइने छैन । राजनीतिक आस्था, अपराध अनुसन्धान तथा नियन्त्रणमा असर पुग्ने, राष्ट्रिय सुरक्षा र राष्ट्रिय हित विपरित हुनेलगायत संगठनले निषेध गरेका धारणा तथा अभिमतमा प्रतिक्रिया, लाइकजस्ता कृयाकलाप गर्न पाइने छैन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
