FLASH NEWS
  • Loading...

नेपालको जीडीपी ग्रोथ १.५% र मुद्रास्फिति दर ५.५% कायम हुने एडीबीको प्रक्षेपण

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २५८ पटक पढिएको
नेपालको जीडीपी ग्रोथ १.५% र मुद्रास्फिति दर ५.५% कायम हुने एडीबीको प्रक्षेपण

एशियाली विकास बैंक(एडिबी)ले यो वर्ष नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।

बैंकले यसअघि गत अप्रिल महिनामा गरेको ६.४ प्रतिशतको आर्थिक वृद्धिदरको अनुमानलाई संसोधन गर्दै नयाँ वृद्धिदरको प्रक्षेपण सार्वजनिक गरेको हो । यो वृद्धिदर यसअघि नेपाल सरकारले अनुमान गरेको ७ प्रतिशत हाराहारीको आर्थिक वृद्धिदर भन्दा निकै कम छ ।

बैंकले कोरोना महामारीका नियन्त्रण तथा रोकथाम गर्न नेपाल सरकारले जारी गरेको निषेधाज्ञा र प्रतिबन्धका कारण नेपालको आर्थिक वृद्धि दरमा तीव्र गिरावट आउने जनाएको छ । एडिबीले आज इकोनोमिक आउटलुकमार्फत एसियाली मुलुकहरुको आर्थिक वृद्धिको प्रक्षेपण सार्वजनिक गरेको हो ।

यस्तै, नेपालमा यो वर्ष मुद्रास्फिति दर ५.५ प्रतिशत कायम हुने एडीबीको प्रक्षेपण छ । दक्षिण एशियाली मुलुकहरुमा नेपालको महंगीदर दोश्रो स्थानमा रहने उसको अनुमान छ । सबैभन्दा बढी मुद्रास्फिति पाकिस्तानमा ७.५ प्रतिशत कायम हुनसक्ने एडीबीको प्रक्षेपण छ । सबैभन्दा कम माल्दिभ्सको मुद्रास्फिति १ं.५ प्रतिशतमा सीमित हुने बताइएको छ । भारत र भूटानको मुद्रास्फिति दर समान ४ प्रतिशत हुनसक्ने अनुमान गरिएको छ ।

दक्षिण एशियामा कसको ग्रोथ कति होला ?
एडीबीका अनुसार दक्षिण एशियाली मुलुकहरुमा सन् २०२१ मा सबैभन्दा राम्रो ग्रोथ माल्दिभ्सको १०.५ प्रतिशत हुने एडीबीको प्रक्षेपण छ ।

त्यसपछि भारतको ८ प्रतिशत, बंगलादेशको ६.८ प्रतिशत, श्रीलंकाको ४.१, पाकिस्तानको २, भूटान १.७ र अफगानिस्तानको पनि नेपालको झै १.५ प्रतिशत जीडीपी ग्रोथ हुने उसको प्रक्षेपण छ । source-bizshala.com

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल