- Loading...
प्रेमीसँग मिलेर पतिको हत्या : १४ महिनापछि निकालियो अस्थिपञ्जर
- पुनहिल डट कम
- ४ साल अघि
- २१५ पटक पढिएको

प्रहरीले हत्या आरोपमा घटनाको १४ महिनापछि गैंडाकोटका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गैंडाकोट–१८ हुर्चिलका फूलमाया सुगरपार्क र मेखबहादुर सुनारी छन् । फूलमायाले प्रेमी सुनारीसँग मिलेर पति धनबहादुर सुगरपार्कको हत्या गरेकी हुन् ।
१४ महिनाअघि ४० वर्षीय धनबहादुर बेपत्ता भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । धनमायाको मेखबहादुरसँगको सम्बन्धबारे गाउँलेले सूचना दिएपछि उनीहरूमाथि निगरानी बढाएको प्रहरीले सोमबार राति पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बयानमा फूलमायाले मेखबहादुरसँग मिलेर हत्या गरी शव गाडेको बताएकी छन् । सोही बयानका आधारमा प्रहरीले मंगलबार शव गाडेको स्थानमा खनेर अस्थिपञ्जर निकालेको छ । गैंडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाका अनुसार उक्त अस्थिपञ्जर डीएनए परीक्षणका लागि अहिले चितवन अस्पताल लगिएको छ । हत्यापछि शव घरदेखि एक किलोमिटर टाढा सुन्दरी सामुदायिक वनमा गाडिएको हो । धनबहादुर र फूलमायाका दुई छोराछोरी छन् । प्रहरीका अनुसार धनबहादुरले अवैध सम्बन्धबारे थाहा पाएपछि फूलमाया र मेखबहादुरले उनको हत्या गरेको अनुसन्धानले देखाएको छ । source-ekantipur.com

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
