आज:  | Fri, 25, Sep, 2020

अबदेखि सबै ल्याबमा २ हजारमै पीसीआर टेष्ट

२९ भाद्र २०७७, सोमबार १६:४१ मा प्रकाशित (1 हप्ता अघि)
पुनहिल संवाददाता
 सरकारले कोरोना संक्रमण परीक्षणको शुल्क घटाएको छ । अब सरकारी र निजी सबै ल्याबमा २ हजार रुपैयाँमा मात्र पीसीआर टेष्ट हुनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको जानकारी दिए । यसअघि सुरुमा पीसीआर टेष्टको शुल्क ५ हजार ५०० रुपैयाँ रहेको थियो । तर, पछिल्लो समय त्यसलाई घटाएर ४ हजार रुपैयाँ झारिएको थियो ।