- Loading...
एक वर्षका लागि ओम्नी समूह कालोसूचीमा
- पुनहिल डट कम
- ४ साल अघि
- २६० पटक पढिएको

सार्बजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद प्रक्रियामा सहभागि हुन नपाउने गरी ओम्नी समूहलाई एक वर्षसम्म कालोसूचीमा राखेको छ ।
स्वास्थ्य उपकरण खरिद प्रक्रियामा सामेल भएको ओम्नी समूह यसअघि विवादमा परेको थियो । अनुगमन कार्यालयले अब ओम्नीलाई एक वर्षका लागि अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हो ।

नेपाल सरकार प्रधानमन्त्रीको कार्यालय, सार्बजनिक खरिद अनुगमन कार्यालयले आज एक कालोसूचीमा राखिएको सूचना प्रकाशित गर्दै ओम्नीलाई एक वर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको जनाएको हो ।
कार्यालयले ललितपुर महानगरपालिका, वडा नं ३, कृष्णगल्लीमा रहेको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) सहित ३ वटा अन्यलाई पनि कालोसूचिमा राखेको जनाएको छ ।
अरुण कन्स्ट्रक्सन, मैवाखोला १, ताप्लेजुङ, वी.टी/टौदह/फस्कु जे.भी. (वी.टी निर्माण सेवा बत्तिसपुलती, टौदह कन्स्ट्रक्सन चाल्नाखेल र फस्कु निर्माण सेवा फस्कु दोलखा) रहेका छन् । ओम्नी र अरुण कन्स्ट्रक्सनलाई एकएक वर्ष र वी.टी/टौदह/फस्कु जे.भीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ ।
सार्बजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम कालोसूची प्रकाशित भएको मितिदेखि लागु हुने उल्लेख छ । कालोसूचीमा परेकाहरुले तोकिएको अवधिभर सार्बजनिक निकायको कुनैपनि खरिद कारबाहीमा भाग लिन नसक्ने भएका छन् । source-safalawaj.com

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
