घरमाथिबाट आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका–१ टुनीबोटका ६८ वर्षीय हरिकृष्ण शर्मा पौडेलको मृत्यु भएको छ । पहिरोले टुनीबोटका ५ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।
जिल्ला प्रहरी बागलुङका निरीक्षक हेम केसीका अनुसार सोमबार बिहान साढे ६ बजेतिर आएको पहिरोले ५ घर पुरिएका थिए । सोही क्रममा पौडेल पनि पुरिएर बेपत्ता भएकोमा स्थानीय र सुरक्षाकर्मीले मृत भेटाएका थिए ।
उक्त स्थानमा आइतबार पनि पहिरोले घर पुर्दा ६० वर्षीया महिलाको मृत्यु भएको थियो भने तीन घर भत्काएको थियो । ekantipur.com