- Loading...
आविष्कारका निम्ति छुट्टै नीति चाहिन्छ : महावीर पुन
- पुनहिल डट कम
- ४ साल अघि
- १५८ पटक पढिएको

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आविष्कारमा चासो राख्ने प्रतिभा संरक्षणका निम्ति छुट्टै नीति, नियम आवश्यक रहेको बताएका छन् ।
आइतबार जनमैत्री क्याम्पसले आयोजना गरेको ‘वाग्मती प्रदेशको शिक्षा नीति २०७७’ मस्यौदाबारे भएको बृहत वेबिनार गोष्ठीमा पुनले आविष्कारमा चासो राख्ने प्रतिभालाई हुर्काउन छुट्टै नीति नियम बन्न जरुरी रहेको बताए ।
‘आविष्कारमा चासो राख्ने प्रतिभालाई हुर्काउन छुट्टै नीति नियम बन्न जरुरी छ । अहिलेको मन्त्रालय, विश्वविद्यालय र तिनका विभागहरू चलाएजस्तो नीति नियमले चाहिँ प्रतिभाशाली सन्ततिहरू हुर्किदैनन् । जबसम्म यो हुँदैन तबसम्म नेपालमा हामीले प्रतिभाशालीहरू राख्न सकिँदैन, ग्यारेन्टीका साथ । प्रतिभाशाली नभएपछि देश समृद्ध हुँदैन । त्यस कारणले मेरो अनुरोध के हो भने प्रतिभाशाली सन्ततिहरूलाई हुर्काउन नीतिगत सम्बोधन हुनुपर्छ ।
उनीहरूलाई किन हुर्काउँने भन्दाखेरी देशलाई समृद्ध बनाउन हो । उनीहरुसँग आइडिया छ । सिर्जनशीलता छ । त्यसलाई क्यास गर्ने हो । कमर्सियलाइज गर्ने हो । कमर्सियलाइज गर्नका लागि त त्यो किसिमको वातावरण चाहिन्छ नि ! त्यसको निम्ति अहिलेको नीति, नियम, अध्ययन, अनुसन्धान चलाउने भन्नु भएको छ तर त्यसरीमात्रै चलाउने हो भने अनुसन्धान केन्द्र प्रोडक्टिभ (उन्नतशील) हुँदैन । अथवा जति त्यसबाट फाइदा आउनु पर्ने हो, अति न्युनतम फाइदामात्र आउँछ ।
यस्तो कुराहरूमा मन्त्रालयको कुनै पनि काम गर्ने प्रक्रियाअनुसार लैजाने हो भने यो सिर्जनशील सन्ततिहरू छन्, उनीहरू टिक्दैनन् । यस्तो किसिमको अध्ययन, अनुसन्धान, इनोभेसन भन्ने कुराहरू गर्नको लागि चाहिं छुट्टै नीति, नियम चाहिन्छ ।
शिक्षा मन्त्रालयअन्तरगत नै यस्तो एकेडेमिक इन्स्टिच्युटहरू चलाउने छुट्टै नीति नियम बनाउनु होस् । इनोभेसन गर्नेहरूलाई कसरी सञ्चालन गर्ने, इनोभेसनका कामहरू सञ्चालन गरेर कमर्सियलाइज गरेर देशको आर्थिक विकासमा टेवा पुर्याएर देशलाई समृद्ध तुल्याउने भन्नेतिर पालनपोषण गर्ने नीति नियम छुट्टै बनाउनु पर्छ । तपाईंहरूले प्रदेश सरकारले छुट्टै आविस्कार केन्द्र खोल्नु पर्छ भनेर लाग्नु भएको छ । तर जे खोल्नु हुन्छ, अहिलेकै प्रक्रियामा प्रशासनिक कामहरू गर्नु भएको छ । त्यही नीति निमयमले चलाउनु भयो भने त्यसको प्रतिफल निस्किदैन ।
तपाईंहरू जो नीति निर्माता, विज्ञहरू हुनुहुन्छ । तपाईँहरूले नयाँ नीति नियम बनाउनु होस् । त्यसमा प्रतिभाशालीहरू समेटिने र प्रतिभाशालीहरूलाई हुर्काउने किसिम नियम चाहियो । त्यसबाट देशको विकास हुन्छ । समय लाग्न सक्छ । नत्र जस्तोसुकै नीति नियम बनाएर जतिसुकै हाई क्लासको (उच्च तहको) युनिभर्सिटीहरू खोल्नुहोस् । त्यो चाहिं अर्कालाई खान पकाएर ठिक्क पारेजस्तो हुन्छ । यहाँ बस्ने वातावरण भएन भने प्रतिभाशालीहरू वर्ल्ड क्लास युनिभर्सिटीहरूमा जान्छन् । अरुलाई फाइदा हुन्छ ।’ source-ekantipur.com

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
