- Loading...
स्वादिलो र पौष्टिक जंगली तरकारी रातो च्याउ
- पुनहिल डट कम
- ४ साल अघि
- ४७६ पटक पढिएको

मनग्य रुपैयाँ/पैसा कमाउने लक्ष्य सवैको हुन्छ तर फरक–फरक सोंच र शैली अपनाउन सके मनग्य आमदानी लिन सकिन्छ ।
च्याउको स्वादका पारखीहरुका अनुसार च्याउनले मासुको स्वादलाई समेत विर्साउँछ । च्याउ मासु भन्दा सस्तो तर स्वास्थ्यवद्र्धक मानिएकोले सहरिया घरानाहरु आकर्षित बन्दै गएका छन ।
वर्षाको मौषममा वन, पाखा तथा खाली चउरमा प्रशस्त उम्रने च्याउ स्वादिलो र पौष्टिक पनि हुन्छन । वर्षाको मौषममा वन, पाखा तथा खाली चउरमा प्रशस्त उम्रने च्याउ स्वादिलो र पौष्टिक पनि हुन्छन । च्याउमा प्रोटिन, विभिन्न मिनरल्स तत्त पाइन्छ । च्याउमा भिटामिन ए, वि, सी, खनिज र क्याल्सियम पनि पाइन्छ । च्याउमा पौष्टिक खाना हो ।
नेपाली समाजमा च्याउ खान अनुभव र विश्वास होईन ज्ञान चाहिन्छ भन्ने गरिन्छ । नेपाली समाजमा परापूर्वकालदेखी च्याउको उपयोग गरिन्थ्यो । जंगली च्याउमध्य खान योग्य र विषालु भनी छुट्टाउने ज्ञान एक पुष्ताबाट अर्कोमा हस्तान्त्रण हुंर्दै आएको हो । जिल्लाको माथिल्लो क्षेत्रका गुर्जा, लुलाङ, मुदी, चिमखोला, कुईने, मंगले, घाँसीखर्क, राम्चे आदी वस्तीमा जंगलमा खेर गैरहेको च्याउ खोज्न हतारो भएको हो । मध्य जेठदेखी साउनसम्म च्याउ टिप्ने उपयुक्त मौषम हो ।
‘हिमाली क्षेत्रको च्याउ किन्न ब्यापारी हात–हातमा पैसा आउँछन’ जंगली रातो च्याउका ब्यापारी मनबहादुर छन्त्यालले थपे,–‘जंगका मुढामा पैसा फलेको छ, जति टिप्न सक्यो उति राम्रो ।’
जिल्लामा सवैभन्दा बढी जंगली च्याउ गुर्जाबासी टिप्छन । गुर्जाबासीले जंगली रातो च्याउ बेचेर मात्र बार्षिक १० लाखबढी आम्दानी गर्छन । कृषकले ताजा जंगली च्याउ डोकोमा बोकेर बजारमा ल्याउन थालेका छन । टिपेको च्याउलाई सुकाएर असोजसम्म पनि बजार पुर्याउने गरिन्छ । जंगली रातो च्याउको प्रति किलोग्राम बजारमा २ हजारसम्म विक्रि हुन्छ ।
वर्षाको मौषममा हिमाली क्षेत्रका खर्सू, सल्लाका डलेपडेका मुडाहरु, पाखा तथा खाली चउरमा प्रशस्त उम्रने च्याउ स्वादिलो र पौष्टिक पनि हुन्छन । तर केही च्याउन विषालु पनि हुन्छन । हेर्दा उस्तै लाग्ने च्याउ छुट्टाउने राम्रो ज्ञान अभावमा मान्छेको ज्यान समेत जान्छ । जंगली च्याउमध्य खान योग्य र विषालु भनी छुट्टाउने ज्ञान एक पुष्ताबाट अर्कोमा हस्तान्त्रण हुंर्दै आएको हो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
