FLASH NEWS
  • Loading...

दुई दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २६७ पटक पढिएको
दुई दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज पनि देशका केही स्थानमा भारी वर्षाका साथै चट्याङ पर्ने सम्भावना रहेको मौस पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश-१, बागमती, गण्डकी प्रदेश र प्रदेश-५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यस्तै राति प्रदेश-१, प्रदेश-२, बागमती प्रदेश र प्रदेश-४ का एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने छ । भोलि पनि प्रदेश-१, बागमती, गण्डकी प्रदेश र प्रदेश-५ केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा प्रदेश-१, प्रदेश-२, बागमती, गण्डकी प्रदेश र प्रदेश-५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जान सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले अनरोध गरेका छन् ।

हाल मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ । साथै पश्चिम बंगाल नजिक न्यून चापिय क्षेत्रको पनि विकास भएको महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ ।

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७७-०५-२७, बिहान ०६:०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis):-

भाद्र  २७ गते  (शनिबार)

हाल  मनसुनको  न्युन चापीय  रेखा  औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ। साथै पश्चिम बंगाल नजिक न्युन चापिय क्षेत्रको पनि विकास भएको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours): 

 प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल