- Loading...
८५ वर्षका पूर्व धर्मगुरु पोर्नस्टार बने
- पुनहिल डट कम
- ४ साल अघि
- २१० पटक पढिएको

अवकाश प्राप्त पादरी नर्म शेल्फले ८५ वर्षको उमेरमा पोर्नस्टारको बनेर जीवनको मजा लिइरहेका छन् । उनले २ वर्षको अवधिमा ४ वटा पोर्न फिल्म बनाएका छन् । यी पूर्व पादरीले यसरी अचानक पेशा बदलेपछि मानिसहरु आश्चर्यचकित भएका छन् । नर्म शेल्फ अमेरिकाको नर्थ क्यारोलिनाका हुन् । रोचक त के भने उनले यसरी पोर्न फिल्म खेलेवापत पैसा समेत लिँदैनन् ।
मिररको रिपोर्टअनुसार उनलाई उनका एक साथीले एडल्ट फिल्ममा खेल्ने प्रस्ताव दिएका हुन् । आफ्नो बारेमा मानिसहरुले के सोच्छन् भन्ने कुराले आफूलाई कुनै फरक नपर्ने उनले बताएका छन् । पूर्व पादरीको जीवनकथा अमेरिकाको च्यानल ५ को डकुमेन्ट्री फिल्ममा देखाइनेछ । च्यानलले एडल्ट फिल्म उद्योगका विषयमा एक डकुमेन्ट्री बनाएको छ जसमा नर्मको बारेमा पनि देखाइएको छ ।
नर्मका अनुसार उनले यी फिल्म खेलेवापत कुनै पैसा लिएका छैनन् । उनका एक साथीले प्रस्ताव गरेपछि उनले यो फिल्म खेलेका हुन् । फिल्म खेलेपछि मानिसहरुले आफूलाई चिन्न थालेको उनले बताएका छन् । मानिसहरुले आफूलाई पार्टीहरुमा बोलाउन थालेको उनले बताए । यी फिल्ममा काम गर्न थालेपछि आफूभित्र छुट्टै किसिमको आत्मविश्वास आएको उनले बताएका छन् । भगवानले आफूलाई अझै १० वर्ष दिए यो उद्योगमा आफूले अझै धेरै कुरा गर्न सक्न्े उनले बताएका छन् ।
नर्मका अनुसार उनको बिहे २८ वर्षको उमेरमा भएको थियो । तर, पछि उनलाई लाग्यो कि सम्भवतः उनी समलिंगी हुन् । नर्मका अनुसार उनी आफ्नी पत्नीसँग छुट्टिइसकेका छन् । अहिले उनी एक पुरुषको साथमा बस्छन् जसलाई उनी हाउसमेट भन्छन् । नर्मका अनुसार पोनृ उद्योगमा जानुभन्दा पहिले उनी चर्च र यसको सिद्धान्तबारे सोच्थे तर अहिले सोच्दैनन् । आफूले गरिरहेको कामबारे विश्वभरका मानिसहरुले अनेक गलत धारणा बनाएको बताउँदै उनी आफूले सबैलाई बदल्न नसक्ने बताएका छन् । source-dcnepal.com

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
