- Loading...
नेकपाको विवाद सकियो, चैतमा महाधिवेशन हुने
- पुनहिल डट कम
- ४ साल अघि
- १४० पटक पढिएको

असाढ १० गते शुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको राजीनामा मागेपछि चर्किएको विवाद अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले पेस गरेको प्रतिवेदन पारित गरेसँगै विधिवत् मिलेको छ।
नेकपाको पहिलो महाधिवेशन आगामी चैत २५ देखि ३० सम्म काठमाडौंमा गर्ने निर्णय गरिएको छ। र त्यसको कार्ययोजना बनाउन आगामी कार्तिक १५ गते केन्द्रीय कमिटी बैठक बस्ने र मंसिरमा संगठित सदस्यता वितरण तथा नविकरण गर्ने निर्णय गरिएको छ। नेकपाको बिहीबार बैठक उत्साहपूर्ण रुपमा सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार तथा पार्टी प्रचार विभागका उपप्रमुख सुर्य थापाले जनाएका छन्।
बिहीबार सम्पन्न बैठकले अध्यक्षद्वयले पेस गरेको १५ बुँदे प्रस्ताव सर्वसम्मत पारित गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। पारित प्रतिवेदनमा पार्टी भित्रको विवाद समाधान गर्न भन्दै दुई अध्यक्षको भूमिका परिभाषित गरिएको छ। अध्यक्ष ओलीले पाँच वर्ष प्रधानमन्त्रीका रुपमा सरकारको नेतृत्व गर्दै त्यसैमा केन्द्रित हुने र अर्का अध्यक्ष प्रचण्डले कार्यकारी अध्यक्षका रुपमा पार्टी प्रति केन्द्रित हुने नेकपाले निर्णय गरेको छ। अब प्रचण्ड नेकपाको कार्यकारी अध्यक्ष बनेका छन्।
यस्तै प्रधानमन्त्री ओली नेपालको लोकतान्त्रिक इतिहासमा आफ्नो ५ वर्षे कार्यकाल पूरा गर्ने पहिलो प्रधानमन्त्री हुने देखिएको छ। करिब दुई तिहाई बहुमत भएको नेकपामा ओली र दाहालबीच विवाद हुँदा प्रधानमन्त्री ओली दबाबमा परेका थिए। तर अब उनीहरुबीच सहमति भएसँगै पारित भएको प्रतिवेदनले दुई अध्यक्षको भूमिका निश्चित गरेको छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
