FLASH NEWS
  • Loading...

सुखद संकेत : थपिनेभन्दा निको हुने संक्रमितको संख्या दोब्बर बढी, मृतक ३०० पुगे

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १६८ पटक पढिएको
सुखद संकेत : थपिनेभन्दा निको हुने संक्रमितको संख्या दोब्बर बढी, मृतक ३०० पुगे

पछिल्लो २४ घण्टाभित्र कोभिड १९ का नयाँ संक्रमित थपिने संख्या भन्दा डिस्चार्ज हुनेको संख्या दोब्बर बढी रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ हजार २१८ पीसीआर टेस्ट भएकोमा ९७९ मा संक्रमण देखिएको हो ।

यही अवधिमा देशभरबाट १ हजार ७३६ जना रोगमुक्त भई डिस्चार्ज भएका छन् । यसरी हालसम्म डिस्चार्ज हुनेको कुल संख्या ३० हजार ६७७ पुगेको छ । यो भनेको कुल संक्रमितको ६५ प्रतिशत हो । यसरी पछिल्ला केही दिनमा निको हुने दर ह्वात्तै बढेको छ । यहीकारण ५४ प्रतिशतसम्म सीमित बनेको निको हुने दर बढेर केही दिनमै पुनः ६५ प्रतिशतमा पुगेको हो ।

सोमबारसम्म नेपालमा कोरोनाबाट संक्रमित हुनेहरुको कुल संख्या ४७ हजार २३६ पुगेको छ । सक्रिय संक्रमितको संख्या १६ हजार २५९ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । योसहित हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ ।bizshala