FLASH NEWS
  • Loading...

कालीगण्डकीबाट वालुलाको अवैध उत्खनन गर्ने शर्मा युनाईटेड समेतलाई ५० हजार जरिवाना

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २६६ पटक पढिएको
कालीगण्डकीबाट वालुलाको अवैध उत्खनन गर्ने शर्मा युनाईटेड समेतलाई ५० हजार जरिवाना

आईतवार सम्पन्न अन्नपूर्ण गाउँपालिकाले निर्माण क्षेत्रको अगुवा ठेक्दार कम्पनी शर्मा एण्ड कम्पनीसमेत साझेदारलाई ५० हजार हजार जरिवाना गरेको छ ।
अन्नपूर्ण गाउँपालिका, ६ घारको भिरकाटे स्थित कालीगण्डकी नदीबाट चोरीगरी डोजर लगाएर ४ सय ८० घनमिटर वालुवासमेत नदीजन्य पदार्थ उत्खनन गरेको पुष्टी भएपछि आईतवार गाउँकार्यपालिकाको आकस्मिक वैठकले उत्खननगरी विभिन्न स्थानमा भण्डारण गरेको नदीजन्य पदार्थ जफतगरी ५० हजार जरिवाना गर्ने निर्णय गरेको गाउँपालिकाको कार्यालयले जनाएको छ ।
गाउँपालिका, एक्याप, राजनैतिक दलका प्रतिनिधी समेत सर्वपक्षिय भेलामा कालीगण्डकी करिडोर बेनी–जोमसोम सडक आयोजनाको पहिलो प्याकेज निर्माण ठेक्का लिएको शर्मा/युनाटेडका सुपरभाईजर रमेश सुवेदी र स्थानीय सागर बरुवालले गल्ती स्वीकार गरेका थिए ।
‘गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्वुजा पुनको अध्यक्षतामा बसेको गाउँकार्यपालिकाको वैठकले चोरीगरी नदी उत्खनन गर्ने शर्मा युनाईटेड र साझेदार सागर बरुवाललाई एकमुष्ठ ५० हजार जरिवाना गरी उत्खनन गरी भण्डारण गरिएको नदीजन्य पदार्थ जफत गरी लिलाम बढावढमा गर्ने निर्णय भएको छ’ प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने, ‘गाउँपालिकाको निर्णयले नदीजन्य पदार्थको चोरी गरी उत्खनन गर्ने प्रवृत्तिलाई निरुत्साही बनाउने विश्वास गरेका छौं ।’
अन्नपूर्ण गाउँपालिका, ६ र ७ मा पर्ने भीरकाटेदेखी महभीर क्षेत्रमा अवैध रुपमा कालीगण्डकी नदीबाट नदीजन्य पदार्थ उत्खनन गरी विक्रि भैरहेको स्थानीयले भिडियोसहित गाउँपालिकामा उजुरी गरेपछि एक्याप, गाउँपालिका समेत सरोकारवालले स्थलगत अध्ययन गर्दा चोरीउत्खनन भएको भेटिएको थियो ।
असार १५ देखी तीन महिना वैधानिक रुपमा समेत नदीजन्य पदार्थ उत्खनन गर्न रोक लगाइएको छ । नीतिगत ब्यवस्था अनुसार नदीजन्य पदार्थ उत्खनन गर्न डोजरको समेत प्रयोग पाईदैन । गाउँपालिकाले प्रारम्भिक वातावरणीय प्रभाव मुल्याङ्कन (इआईए) गराई जिल्ला समवन्यय समितबाट पारित गराएपछि मात्र निश्चित मात्रा र प्रकृया पुर्‍याई नदीजन्य पदार्थ झिक्न पाईन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल