FLASH NEWS
  • Loading...

उत्तर कोरियाका नेता किम आँधी प्रभावित क्षेत्रमा, एकतावद्ध हुन आह्वान

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २९३ पटक पढिएको
उत्तर कोरियाका नेता किम आँधी प्रभावित क्षेत्रमा, एकतावद्ध हुन आह्वान

उत्तर कोरियाका नेता किम जोङ उनले आँधी प्रभावित क्षेत्रको भ्रमण गरेका छन्।

देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने घटनास्थलको भ्रमण गरेपछि उनले पीडितहरुलाई सहयोगका लागि १२ हजार कामदार पठाउने प्रतिबद्धता पनि जनाएका छन् । उनीहरुलाई त्यस क्षेत्रको पुनर्निर्माणका लागि पठाउने नेता किमले प्रतिबद्धता जनाएको उत्तर कोरियाको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले आइतबार जनाएको छ ।

घटनास्थलको अवलोनक भ्रमण गर्न उत्तर कोरियाली केही उच्च पदस्थ पदाधिकारीहरु यस पहिले नै त्यहाँ पुगी आँधी प्रभावित क्षेत्रको अवलोकन गरिसकेका समाचारमा उल्लेख गरिएको छ । उनले स्थानीय बासिन्दालाई सङ्कट विरुद्ध लड्न तथा त्यसको सामना गर्नका लागि एकताबद्ध हुन पनि आह्वान गरेका छन् । आँधीसँगै कोरोनाभाइरसको महामारीसँग पनि लड्नुपर्ने भएकाले एकताबद्ध हुन अत्यावश्यक रहेको उनको भनाइ छ ।

उनले केही दिन अगाडि पनि आँधी र कोरोनाभाइरसविरुद्ध लड्न सवै एकताबद्ध हुनुपर्ने र तयारी अवस्थामा रहनुपर्ने बताएका छन् । कोरियाली केन्द्रीय समाचार केन्द्रले सम्प्रेषण गरेको समाचार अनुसार सर्वोच्च नेता किमले शनिबार घटनास्थल हाँङयोङ प्रान्तको भ्रमण गरेका हुन् ।

सो ठाउँमा गत हप्ता ठूलो आँधी आएको थियो । आँधीका कारण एक हजारभन्दा बढी घरहरु नष्ट भएको जनाइएको छ । सरकारी अधिकारीहरुले आँधीमा परेर अहिलेसम्म कुनै मानवीय क्षतिको विवरण भने प्राप्त नभएको सर्वोच्च नेता उनलाई जानकारी दिएका छन् । source-dcnepal.com

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल