FLASH NEWS
  • Loading...

के हो पुनर्कर्जा ? प्राप्त गर्ने विधि र प्रक्रिया, कसले पाउँछन्, कसले पाउँदैनन् ?

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ४१३ पटक पढिएको
के हो पुनर्कर्जा ? प्राप्त गर्ने विधि र प्रक्रिया, कसले पाउँछन्, कसले पाउँदैनन् ?

कोभिड–१९ को प्रभावले समग्र अर्थव्यवस्था शिथिल भएपछि नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७।७८  का लागि जारी गरेको मौद्रिक नीतिमा पुर्नकर्जाको बिद्यमान व्यवस्थामा परिमार्जन गरेको छ।

आर्थिक पुनरुत्थान लक्षित गरेर ल्याइएको पुर्नकर्जाका लागि राष्ट्र बैंकले यो कोषलाई पाँच गुणासम्म बढाउने घोषणासमेत गरेको छ।

पुनर्कर्जा भनेको के हो ?

आर्थिक क्रियाकलाप बिस्तारका लागि सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था पुनर्कर्जा  हो। सीमित अवधिको लागि ग्राहक तथा ऋणीबाट असुलउपर गर्नुपर्ने ब्याजदर समेत तोकी विद्यमान ऋणीहरुलाई यस्तो कर्जा प्रदान गरिन्छ। नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थालाई एकमुष्टरूपमा सस्तो ब्याजदरमा राष्ट्र बैंकले प्रदान गरेको कर्जालाई पुनर्कर्जाका रूपमा बुझिन्छ। जुन कर्जालाई बैंक तथा वित्तीय संस्थाले ऋणीलाई वितरण गर्छन्।

बैंक तथा वित्तीय संस्थाले कसरी पुर्नकर्जा पाउँछन् ?

नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त  ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकमुष्ट रूपमा प्रदान हुने पुनर्कर्जा को लागि प्रथम पटक २०७७ भदै १ गते आवेदन आह्वान गरिएको छ।

नेपाल राष्ट्र बैंक बाट जारी सूचना बमोजिम  बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई पुनर्कर्जा सुविधाबाट लाभान्वित गर्न संचालक समितिको निर्णय गरि शाखा कार्यालयको ठेगाना तथा संचालन भएको मितिसहित नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७ अनुसूची १ बमोजिमको ढाँचामा नेपाल राष्ट्र बैंकमा आवेदन पेश गर्नेछन्।

नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७ मा बैंक तथा वित्तीय संस्थाले माग गर्ने कुल पुनर्कर्जा  रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशतसम्म र पुर्नकर्जाको लागि आवेदन गरिएको कुल रकममध्ये कम्तीमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा अन्तर्गत हुने गरि प्रत्येक शाखाबाट न्युनतम ५ वटा ग्राहक\ऋणी समावेश गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

पुनर्कर्जाको वर्गीकरण :

नेपाल राष्ट्र बैंक पुर्नकर्जा कार्यविधि २०७७  बमोजिम पुनर्कर्जाको वर्गीकरण देहाय बमोजिम गरिएको छ ।

 (१) लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा 

उद्यमी स्वयं संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको १५ लाख रुपैयाँसम्मको कर्जा सुविधाका लागि प्रदान गरिने पुनर्कर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा  मानिएको छ।

(२) विशेष पुनर्कर्जा 

बैंकले समय समयमा कुनै क्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनर्कर्जा लाई विशेष पुर्नकर्जा भनिएको छ। यस अन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, फरक ढंगले सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम-व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएको पुनर्कर्जाहरूलाई मानिएको छ।

(३) साधारण पुनर्कर्जा 

बुँदा नं. १ र २ को वर्गीकरणमा नपरेका र बैंकले समय समयमा तोकेको सबै पुनर्कर्जाहरूलाई साधारण पुर्नकर्जा मानिएको छ।

पुनर्कर्जाको ब्याजदर कति ?

नेपाल राष्ट्र बैंक पुनर्कर्जा  कार्यविधि २०७७  बमोजिम पुर्नकर्जाका लागि हाल विद्यमान ब्याजदर देहाय बमोजिम तोकिएको छ ।

क्र.सपुनर्कर्जाको प्रकारनेपाल राष्ट्र बैंकले लिने ब्याजदरग्राहकबाट लिने ब्याजदर

लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा

विशेष पुनर्कर्जा

साधारण पुनर्कर्जा

पुनर्कर्जाको अवधि कति रहने छ ?

नेपाल राष्ट्र बैंक पुनर्कर्जा  कार्यविधि २०७७  बमोजिम एकमुष्ट रूपमा प्रदान गरिने पुर्नकर्जाको अवधि बढीमा एक वर्षको हुनेछ र यस्तो कर्जा नवीकरण हुने छैन ।

त्यसैगरी ग्राहक ऋणी अनुसार प्रदान गरिने पुनर्कर्जाको हकमा कोभिड–१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रका ग्राहक ऋणीको लागि बढीमा एक वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी बैंकले तोकेका ग्राहक ऋणीको लागि ६ महिना अवधिको हुनेछ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले तोकेको व्यवस्थानुसार बैंकले यस्तो पुनर्कर्जा नवीकरण गर्न सक्नेछ ।

कस्ता ग्राहकहरुले पुनर्कर्जा सुविधा  पाउदैनन् ?

१. चुरोट, बिँडी, सिगार, सुर्ती, खैनी, गुट्खा लगायतका सुर्तीजन्य उद्योग\व्यवसाय र मदिरा तथा मदिराजन्य उद्योग\व्यवसायलाई प्रवाह भएका कर्जाहरु ।

२. ब्याज अनुदान प्राप्त सहुलियतपूर्ण कर्जा लगायतका अन्य अनुदान प्राप्त कर्जाहरु ।

३. पछिल्लो आर्थिक वर्षको औसत रिटर्न अन इक्वीटी २० प्रतिशत वा त्योभन्दा बढी रहेको उद्योग व्यवसायमा प्रवाहित कर्जा।

४. कुनै उद्यमको लागि नभई व्यक्तिगत प्रयोजनका लागि प्रवाह भएको ओभरड्राफ्ट कर्जा, घर जग्गा कर्जा, सवारी कर्जा, घरायसी सामाग्री कर्जा, मार्जिन कर्जा, सुनचाँदी कर्जा, सामाजिक कर्जा तथा व्यक्तिगत नाममा वा व्यक्तिगत  उपभोगका लागि लिइएका कर्जा।

तर, व्यक्तिगत नाममा कर्जा लिई ट्याक्सी चलाउने, विद्युतीय टेम्पो चलाउनेजस्ता स्वरोजगारमूलक कार्य गरी आय आर्जन गरेको विषयमा इजाजतपत्र प्राप्त संस्था आश्वस्त भएमा त्यस्तो कर्जा अयोग्य मानिने छैन ।

कस्ता ग्राहकले पुनर्कर्जा  सुविधा प्राप्त गर्न सक्छन् ?

पुनर्कर्जाका लागि अयोग्य भनिएका कर्जाहरु बाहेक कोभिड-१९ ले अति प्रभावित, मध्य प्रभावित र निम्न प्रभावित भनि तोकिएका क्षेत्रका उद्यम, व्यापार तथा सम्पुर्ण व्यवसायहरु।

ग्राहक-ऋणीहरुले पुनर्कर्जा कसरी पाउँछन् ?

ग्राहक\ऋणीहरुले कर्जा उपभोग गरिरहेको बैंक तथा वित्तीय संस्थाको नजिकको शाखामा हालसम्म अन्य बैंक तथा वित्तीय संस्थामार्फत पुनर्कर्जा सुविधा उपयोग नगरेको स्वःघोषणासहित पुनर्कर्जाका लागि निवेदन दिनुपर्छ।

सञ्चालनमा रहेका उद्यम, व्यवसायको लागि प्रदान भएको १५ लाख रुपैयाँसम्मका कर्जाहरू  ७० प्रतिशत हुने गरि निवेदनको आवश्यक विश्लेषण गरि बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकसँग पुनर्कर्जा माग गर्छन्।

पछिल्लो आर्थिक वर्षको कर चुक्ता वा कर विवरण दाखिला प्रमाणपत्र, कम्पनी सम्बन्धी कर्जा सूचना केन्द्रको विवरण, कायम ब्याजदर देखिने सिस्टम जेनेरेटेड कस्टमर लायविलिटी रिपोर्ट, निर्यात पुनर्कर्जाको हकमा निर्यात सम्बन्धी कागजात, विगत वर्षमा भएको निर्यात र विदेशी मुद्रा आर्जन भएको पुष्टि हुने कागजात, निर्यात व्यवसाय पुष्टि हुने अन्य कागजात, ग्राहक ऋणीले अन्य बैंक तथा वित्तीय संस्थामार्फत पुनर्कर्जा सुविधा उपयोग नगरेको सम्बन्धमा स्वःघोषणा जरूरी पर्छ।

यसरी निवेदन परेपछि परेका निवेदन विश्लेषण गरि निवेदक पुनर्कर्जा पाउन सक्ने या नसक्ने निर्णयबारेको अन्तिम अधिकार नेपाल राष्ट्र बैंकले गर्नेछ। पुनर्कर्जा सुविधा प्राप्त गर्ने ग्राहकहरुलाई शाखामा रहेको निजको ऋणमध्ये पुनरकर्जा सुविधा प्राप्त गरेको रकम बराबरको नयाँ पुनर्कर्जा खाता खोली उक्त खाताको ब्याजदर ५ प्रतिशत वा पुनर्कर्जा वर्गीकरण अनुसार लागू हुनेछ ।

एक वर्षसम्म पुनर्कर्जा ५ प्रतिशतमा ग्राहकहरुले चलाउन पाउने ब्यवस्था हुन्छ र अवधि समाप्त पछि उक्त कर्जा खाता बन्द हुन्छ भने पुरानै खाता पूर्ण संचालनमा आउँछ र बैंकको नियमअनुसारको ब्याजदर लागु हुने गर्दछ। source-bizmandu

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल