- Loading...
ढोरपाटनमा बाढी र पहिरोले १७ जना बेपत्ता, २५ घर बगायो
- पुनहिल डट कम
- ४ साल अघि
- २०७ पटक पढिएको

ढोरपाटन नगरपालिकाको वडा नं. ८ र ९ बोबाङका ठाउँ ठाउँमा राती भिषण पहिरो जाँदा पुरिएर/बगेर कम्तीमा १७ जना सम्पर्क बिहिन भएको र थप मानिसहरु हराएको हुनसक्ने स्थानीय जीवन पुनले जानकारी दिए ।
ढोरपाटन उपत्यका प्रवेश गर्ने देउराली भुजीखोलाको मुहान देउराली पहाडबाट ठुलो पहिरो खसेर कयौं गाउँहरुमा क्षती पु¥याएको उनले बताए । पहिरो र बाढीका कारण लाकुरीबोटमा ३ जना, सुकुरदुङमा १ जना दुनेपधेरामा ३ जना, घट्टबोटमा ७ जना, भुसुन्डेमा ३ जना व्यक्ति सम्पर्क विहिन रहेको पुनले बताए ।
यस्तै, बाढीले लाकुरीबोटका ११ घर, दुनेपधेरामा ५ घर, घट्टबोटमा ८ घर, भुसुन्ड्मा १ घर बगाएको छभने सुकुरदुङको सरस्वति आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि समेत बगाएको छ । साविक बोबाङमा रहेका ३ वडा जलविद्युत आयोजना र ३ वटा झोलुँगेपुल समेत बगाएको पुनले जानाकारी दिए । घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।
त्यहाँका जनप्रतिनिधिको सम्पर्क हुन सकिरहेको छैनभने भीषण बर्षाका कारण बिहिबार बिहानसम्म बुर्तिबाङबाट हिँडेको प्रहरी टोली घटनास्थल पुग्न सकेको छैन् । ‘प्रहरी रातीनै मुभ भएको हो । ११ जनाको टोलि बाटोमा छ घटनास्थल पुग्न सकेको छैन’ प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले भने ‘क्षती धेरै भएको खवर छ तर पुष्टि गर्न सकिएन् ।’ पहिरोकै कारण प्रहरीको टोलि बाटोमा रोकीएको उनले बताए । ढोरपाटन नगरपालिका र जिल्ला प्रहरीले उद्धारमा जुट्न आग्रह गरेका छन् ।
हराएका मध्ये एक जनाको शव बुर्तिवाङ पुरानो पावरहाउस नजिकै भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । यस्तै ढोरपाटन घुम्न गएका गल्कोटका एकजना व्यक्ति समेत बेपत्ता भएको स्थानीयले बताएका छन् । भूजिखोलामा पहिरोले थुनेर खोला बढेर आएको खबर भएसँगै ढोरपाटन नगरपालिकाको गादिखोला, सहीखोला, बुढाथोक, बुर्तिबाङ बजार, भिमगीठे बजार र खाल, खार खर्वाङसम्म नदी तटमा रहेका वस्तीमा उच्च सतर्कता अपनाउन रातभर आग्रह गरिएको प्रहरीको भनाई छ । उता, घटना स्थलतर्फ ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिँह भण्डारीको नेतृत्वमा प्रहरी टोली प्रस्थान गरेको छ ।
फोटो : दोर्णकुमार कुँवरको फेसवुकबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
