- Loading...
५०० बढी संक्रमित भएका जिल्लामा निषेधाज्ञा, २०० बढी भएमा बन्दाबन्दी गर्न सरकारको निर्देशन
- पुनहिल डट कम
- ४ साल अघि
- १८१ पटक पढिएको

सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लाहरुमा निषेधाज्ञा गर्न निर्देशन दिएको छ । २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना भाइरसको वढ्दो संक्रमणलाई रोक्नका लागि यस्तो व्यवस्था गरेको बताए ।
५०० भन्दा बढी सङ्क्रमित भएका जिल्लाहरुमा निषेधाज्ञा गरिने छ । २०० भन्दा बढी सङ्क्रमण भएका जिल्लामा बन्दाबन्दी गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ, उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।
हाल नेपालमा ५०० भन्दा बढी सङ्क्रमित भएका १२ वटा जिल्लाहरु मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्देही रहेका पत्रकार सम्मेलनमा डा.गौतमले बताए ।
अहिले कोभिड–१९ को खोप विश्वमा बनेर पनि परीक्षणको क्रममा रहेको बताउँदै उनले खोपको सफल परीक्षणपछि नेपालमा ल्याउने जानकारी दिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
