सडक खुलेसँगै वेंशीका बजारमा हिमाली आलु र गाजर, प्रति केजी ४० कोआलु र ३० कोगाजर बेनीमा ८० रुपैयाँ

१६ भाद्र २०७७, मंगलवार २१:०८ मा प्रकाशित (4 हप्ता अघि)
पुनहिल संवाददाता

डेढ महिनादेखी अवरुद्ध यातायात खुलेसँगै हिमालपारीको मुस्ताङबाट गाजर र आलु सहर झर्न थालेको छ ।
खाद्यान्न तथा निर्माण सामाग्री बोकेर गएका दैनिक एक सयबढी संख्यामा ठूला तथा मिनी ट्रकहरु मुस्ताङबाट आलु र गाजर बोकेर तल ओर्लिरहेका छन । त्यसैगरी मुस्ताङबाट उत्तिकै संख्यामा मुस्ताङबाट गाजर सहरका बजारमा झार्ने गरिएको छ ।
मुस्ताङ सदरमुकाम रहेको घरपझोङ गाउँपालिका कृषी शाखा प्रमुख रहेका आईतबहादुर थकालीका अनुसार हात–हातमा पैसा बोकेर गएका गाडीवाला/ब्यापारीले कृषकको बारीबाटै आलु प्रति केजी ४० र गाजर ३० रुपैयाँमा मुल्यमा उठाउने गरेका छन । गाजर झिक्ने समय असार/साउनमा यातायात अवरुद्ध भउको र र पर्यटक नआएपछि स्थानिय बजारमा समेत खपथ नहुँदा कृषकको वारीमा गाजर फालाफाल हुँदा मुुस्ताङगमा गाजरको मुल्य ह्वात्तै घटेको हो । थकालीका अनुसार मुस्ताङ्गका कृषकको बारीमा कलकलाउँदा फस्टाएको रायो साग उपयोग नहँदा वारीमै खेर गएको छ ।

‘मुस्ताङ्मा आलु खन्ने ठिक समयमा यातायात खुलेको र सहरमा यहाँको आलुको माग राम्रो रहेकोले कृषकलाई आलु वेच्न ब्यापारी आवश्यक परेको छैन । सामान लिएर आएका गाडीवालाहरुले नै उठाएका छन’ घरपझोङ गाउँपालिका, १ मार्फाका कृषक/तरकारी संकलन रहेका शुशिल थकालीले भने, ‘पर्यटक नआउँदा आन्तरिक बजारमा खपथ खटेको तथा खन्ने मुख्य समयमा यातायात अवरुद्ध भएकोले मुस्ताङमा गाजरको विक्रि नै छैन ।’
मुस्ताङमा ४० रुपैयाँ मुल्य रहेको आलु ७६ किलोमिटर तल बेनीका ब्यापारीको पसलमा पुग्दा ६५ रुपैया र उपभोक्ताको भान्सामा पुग्दा ७५–८० रुपैयाँ प्रतिकेजी मुल्य पर्ने गरेको छ । त्यस्तै मुस्ताङमा प्रति केजी ३० रुपैयाँ रहेको गाजर बेनीका तरकारी पसलेकोमा पुग्दा ५५–६० र ग्राहकको भान्सामा पुग्दा ७५–८० रुपैयाँ मुल्य पर्ने गरेको छ ।
‘कोरोनाको त्रासले मुस्ताङमा बाह्य मान्छे (ब्यापारी)लाई प्रवेश निषेध भएकोले मालबाहक गाडीवालाले मात्र मुस्ताङको आलु, गाजर ल्याउछन । अप्ठ्यारो बाटो देखाएर हाम्रो खरिद नै महंगो पर्छ’ म्याग्दी सदरमुकाम बेनी पिपलचोकका तरकारी ब्यापारी देवेन्द्र सुवेदीले भने, ‘मुस्ताङ्गी सामान भन्ने भित्तिकै बजारमा माग ह्वात्तै बढ्छ । कृषक र हामी ब्यापारीसम्म सोझो मुल्य र ढुवानी च्यानल नहुँदा विचौलियाले बढी मुनाफा खान्छन, उपभोक्ता ठगिन्छन ।’
स्याउकोलागी प्रख्यात भएपनि मुस्ताङबाट स्याउको बगैँचामा भित्री बालीको रुपमा लगाईने आलु र गाजरको पनि उत्तिकै मात्रामा तल सहरमा ढुवानी हुने गरेको छ । कृषी ज्ञान केन्द्रका अनुसार मुस्ताङमा २ सय ९० हेक्टर क्षेत्रफलमा ब्यवसायीक आलु खेतीबाट ३ हजार ७ सय मेट्रिक टन आलु बाहिर विक्री हुने गरेको छ । त्यसैगरी १९ हेक्टर क्षेत्रफलमा गरिने गाजरको २ सय २० मेट्रिक टन बाहिर विक्रि हुने गरेको छ । तर गाजरका ढुवानी ठेकदार/ब्यापारी उर्जा तामाङका अनुसार अघिल्लो बर्ष मुस्ताङबाट चार हजार टन गाजर बेनी, पोखरा, काठमाण्डौ र नारायणगढका बजारमा निकासी भएको थियो ।
‘स्याउको बगानमा भित्री बालीको रुममा खेति गरिने गाजर मुस्ताङ्गीको लुकेको आम्दानी हो । पोहरोर मैले मात्र ४ हजार टन गाजर झारेको हो । अहिले त माथी जान पाईदैन, चिनजानको आधारमा मगाएको छु । कति झर्छ’ दशकदेखी मुस्ताङको स्याउ, आलु र गाजरको ब्यापार गर्दै आएका धार्दिङका ब्यापारी तामाङले भने, ‘यो वर्ष सवैतिरका होटलहरु बन्द रहेकोले आलु र गाजरको माग पनि घटेको छ ।’
मुस्ताङका चिमाङ, ठिनी, मार्फा, सौरु, चोखोपानी, कोवाङ्ग, टुक्चे, जोमसोम, कागवेनी, पाक्लिङ्ग, लुप्रा, ताम्बे, लेते, घाँसा आदी गाउँमा आलु र गाजरको ब्यवसायीक उत्पादन हुन्छ ।
‘मुस्ताङ्मा उत्पादिन सवै वस्तुको राम्रो ब्राण्ड छ । मुस्ताङ्बाट स्याउ बाहेक आलु, गाजर, सिमी, फापर, रायोसाग, खुर्पानी, आरु, र दाँते ओखर समेत धेरै कृषी उपज सहरमा जाने गरेको छ’ कृषी ज्ञान केन्द्रका कृषी प्रशार अधिकृत गोविन्द पाण्डेले भने, ‘यी उत्पादन मुस्ताङ्को तल्लो वेल्टका घरपझोङ र थासाङ गाउँपालिकाको हो । सडकको पहुँचसँगै उपल्लो मुस्ताङ्गका चराङ, घमी, लोमन्थाङ क्षेत्रमा पनि स्याउ खेती तथा अन्य तरकारी एवं कृषी उत्पादन विस्तार हुन थालेको छ ।’