FLASH NEWS
  • Loading...

म्याग्दीमा विधुतको झण्डै ५२ लाख वक्यौता महसुल उठ्न बाँकी

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ११८ पटक पढिएको
म्याग्दीमा विधुतको झण्डै ५२ लाख वक्यौता महसुल उठ्न बाँकी

नेपाल विध्ुत प्राधिकरण बेनी वितरण केन्द्रले जरिवाना बाहेक ५१ लाख ९१ हजार दुई सय ८९ रुपैया बक्यौता महसुल असुल गर्न सकेको छैन ।
विधुत प्राधिकरण बेनी कार्यालयका अनुसार जिल्लाका १० हजारदेखी १० लाख महसुल भएका १ सय ३१ जना ६० दिन भन्दाबढी समयदेखी महसुल नदिएको ग्राहकको रकम मात्र करिव ९२ लाख पुगेको हो । यो बक्यौतामा जरिवाना जोडिएको छैन । १० हजारमुनी बक्यौता भएका पनि धेरै छन । म्याग्दीमा १८ हजार ४ सय ८२ जना मिटर जडान गरेका उपभोक्ता रहेका छन ।
विधुत महसुल बक्यौता उढ्नबाँकीमध्य ९८ जना ग्राहको लाईन काटेको ६ महिनापुग्दा समेत महसुल भुक्तानी नगरेकोले कालोपाटीमा हाल्ने प्रकृया थालिएको बेनी वितरण केन्द्रका प्रमुख माधव महतले जानकारी दिए ।
प्राधिकरणले आव ०७६/०७७ मा कुल संकलन गरेको ९१ करोड ६० लाख ७० हजार महसुल संकलन गरेको छ । संकलित महसुल मध्य १ करोड ७३ लाख १३ हजार डिजिटल प्लेट फर्मका इसेवा, फोनीपे, इन्टरनेट वैंकिङ, र अन्य विधुतिय माध्यमबाट वील भुक्तानी भएको हो ।