FLASH NEWS
  • Loading...

बेनी अस्पतालको कोरोना खर्च पनि भद्रगोल, स्वास्थ्य सामाग्री खरिदमा डाक्टरको उपचार र मसलन्द खर्च

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ११९ पटक पढिएको
बेनी अस्पतालको कोरोना खर्च पनि भद्रगोल, स्वास्थ्य सामाग्री खरिदमा डाक्टरको उपचार र मसलन्द खर्च

विश्वभर स्वास्थ्य आतंक मच्चाई रहेको कोरोना भाईरस संकक्रमण रोकथाम, नियन्त्रण र उपचारमा अग्रस्थान लडेका बेनी अस्पतालका श्वास्थ्यकर्मीले कोरोना खर्चमा भने अपारदर्शी देखिएका छन ।
बेनी अस्पतालले उपलब्ध गराएको विवरण अनुसार आव ०७६/०७७ मा गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोना स्वास्थ्य सामाग्री खरिद गर्न पठाएको पैसाले अस्पतालले हेपाटाईटिस रोगका विरामी डाक्टरको उपचार र मसलन्द खर्च गरेको छ ।
कोरोना स्वास्थ्य सामाग्री खरिद गर्न तोकेरै पठाईएको बजेटबाट बेनी अस्पतालले मसलन्द खर्च, डाक्टरको उपचार र परिणाम नखुलाईएको मास्क खरिदमा अस्वाभविक खर्च देखाईएको छ । मन्त्रालयले पठाएको ३० लाख प्रोत्साहन भत्तामध्य २९ लाख ९ हजार ९ सय ९९ रुपैयाँ नै खर्च भएको छ ।


स्वास्थ्य कार्यालयले उपलब्ध गराएको विवरण अनुसार मन्त्रालयले शिर्षक तोकेर पठाएको १० लाख बजेटबाट बेनी अस्पतालले मसलन्दमा ४ लाख ९ हजार ९ सय ३९, डाक्टर सुदिप बास्ताकोटीको हेपटाईटिस वि इन्जेक्सन लगाउन ५६ हजार ५ सय खर्च गरेको छ । त्यसैगरी अस्पतालले १ लाख १८ हजार ८५ रुपैयाँको फर्गर मेसिन, ९० हजार ४ सय मुल्यमा युपिभिसी स्वव हेल्प डेस्क, १ लाख ६० हजार १ सय ७७ रुपैयाँ मुल्य बराबरको परिणाम नखुलेको केएन ९५ मास्क खरिद गरिएको छ । अस्पतालकै अर्को विवरणमा अस्पतालाई गण्डकी प्रदेश सरकारबाट केएन ९५ मास्क २०० थान, सर्जिकल मास्क ४ हजार २ सय थान उपलब्ध गराएको छ ।
‘कोभिढ १९ महामारीमा स्वास्थ्यकर्मी तथा कर्मचारीको मनोवल उच्च पार्न स्वस्थकर्मी खटेका छन । खटिएको दिन र अवस्था अनुसार सुविधा पाएका हुन’ बेनी अस्पतालका निमित्त प्रमुख अमृत अधिकारीले भने, ‘सामाजिक विकास मन्त्रालयले पठाएको बजेट तोकिएकै क्षेत्रमा खर्च गरिएको छ । केही क्षेत्रमा अपुग भएको रकम सहयोगी निकायबाट पनि सहयोग जुटाएका छौं ।’


प्रोत्साहन भत्तामा अस्पतालका स्वास्थ्यकर्मीविच विवाद रहेको नाम उल्लेख गर्न नचाहने केही कर्मचारीहरुले बताएका छन । अस्पताल प्रशासनले कोरोना भाईरसको संक्रमणको उपचारमा संलग्न स्वास्थ्यकर्मीले पाउने खोखिम भत्ता वितरण अपारदर्शी र पक्षपातपूर्ण भएको भन्दै अस्पतालको श्वास्थ्यकर्मीले असहमति जनाएका मात्र छैनन, सामाजिक विकास मन्त्रालयमा उजुरी समेत गरेका छन । विवाद ढाकछोप पार्न काममा खटिएका/नखटिएका सवैको खातामा सोझै केही रकम पठाएपछि विवाद झन बढेको छ ।
‘कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीले पाउने जोखिम भत्ताको विषयमा अस्पताल प्रशासन र कर्मचारी विच केही असमझदारी रहेको सुनिएको छ । विवाद प्रदेश मन्त्रालयसम्म पुगेको सुनेको छु’ बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले भने, ‘यी विषय नितान्त अस्पताल प्रशासन र लेखाप्रणालीसँग सम्बन्धीत भएकोले समितिले हस्तक्षेप गर्न सक्दैन/गर्नु हुँदैन । हामी (ब्यवस्थापन समिति)ले अस्पतालको सेवा प्रभावकारी बनाउन सहजीकरण र सहयोगी बन्ने हो ।’


प्रमुख जिल्ला अधिकारी मार्फत म्याग्दी समाज अष्ट्रेलियाबाट बेनी अस्पतालाई ८ सय थान एन ९५ थान मास्क सहयोग गरेका प्रशासन कार्यालयको अभिलेखमा उल्लेख भएपनि अस्पतालले उक्त मास्कको विवरण लुकाई स्वास्थ्य सामाग्री खरिद गरेको देखाएको छ । त्यस्तै जिल्लाका विभिन्न सामाजिक संस्थाहरुले १ लाख २५ हजार मुल्यबराबरको एन ९५ मास्क र १ हजार सर्जिकल मास्क तथा ७७ हजार मुल्य बराबरको परिणाम नखुलाईएको सर्जिकल मास्क अस्पताललाई सहयोग भएको थियो । त्यसैगरी विभिन्न दाताले अस्पतालाई सहयोग गरेका पिपिई तथा सेनिटाईजर पनि स्वास्थ्य सामाग्री खरिदमा देखाएको छ ।


त्यस्तै अस्पतालले सामाजिक विकास मन्त्रालयबाट प्राप्त कोरोना स्वास्थ्य सामाग्री खरिद गर्न आएको १० लाखमध्य ८ लाख ३५ हजार खर्च गरेको छ । आईसोलेसन वार्ड ब्यवस्थापन तथा कोरोना संक्रमण विरामीको आहारामा प्राप्त १० लाखमध्य ३ लाख २४ हजार खर्च गरेको छ ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमितको उपचारकालागी आईसोलेसन स्थापना गर्न बजेट पठाएको भएपनि कोभिड–१९ संकट ब्यवस्थापन समितिले जिल्लाका ६ वटा स्थानीय तहबाट ३४ लाखबढी आर्थिक सहयोग जुटाएर शैक्षिक तालिम केन्द्रमा एक वटा भेन्टीलेटरसहितको आईसोलेसन स्थापना गरेको छ ।