FLASH NEWS
  • Loading...

कुइनेमंगलेकी स्तनक्यान्सर पीडितद्वारा सहयोग याचना

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ८६ पटक पढिएको
कुइनेमंगलेकी स्तनक्यान्सर पीडितद्वारा सहयोग याचना

रघुगंगा गाउँपालिका–८ कुईनेमंगले (दुवाडी) की स्तनक्यान्सर पीडित शिबकुमारी छन्त्यालले उपचारमा सहयोगको याचना गरेकी छिन । पोखरा स्थित फिस्टेल अस्पतालमा उपचाररत छन्त्यालले आर्थिक अभावकाकारण थप उपचारमा सहयोगको याचना गरेकी हुन ।

३३ बर्षिया छन्त्यालको स्तनक्यान्सरको अप्रेशन गरिएपनि लामो समयसम्म किमोथेरापी विधिबाट उपचार गराईराख्नुपर्ने र उपचार खर्चिलो भएपछि समस्या भएको हो ।  तीन महिना अघि सल्यक्रिया गरेपछि अहिलेसम्म ६ पटकसम्म किमो चढाएको छन्त्यालको भनाई छ ।

४ बर्षसम्म साइप्रसमा बैदेशिक रोजगारि गरि फर्कनुभएकी छन्त्यालले उपचारमा अहिलेसम्म आफुले कमाएको, घरपरिवारले जुटाएको र आफन्तले सहयोग गरेको समेत गरि करिब १० लाख खर्च भैसकेको बताईन ।

छन्त्यालको उपचारमा सहयोग गर्न चाहनुहुनेले निम्न ब्यक्ति र वैंक खातामा रकम सहयोग गर्न सक्ने छन । पीडित शिबकुमारी छन्त्याल ः ९८१८५७३८७० दिदी थममायाँ छन्त्याल ः ९८०६५५००४३ बैँक खाता नेपाल इन्भेष्टमेन्ट बैँक शिबकुमारी छन्त्याल ०११०५०५०२६६६०४