- Loading...
छैन कोरना सावधानी
- पुनहिल डट कम
- ४ साल अघि
- २८७ पटक पढिएको

जिल्लाका सरकारी, गैह्सरकारी कार्यालयका कर्मचारी, राजनैतिक दल समेत सामाजिक अगुवाहरुमा कार्यालयका सहकर्मी, साथीभाई र नातेदार/आफन्तसँग वोल्दा मास्क लगाउनु पर्दैन, कोरोना सर्दैन भन्ने भ्रम यथावत रहँदा कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारी कार्यालयदेखी सर्वसाधारण कसैले पनि आधारभुत सर्तकता अपनाएका छैनन ।
सदरमुकामको सडकमा हिँड्दा मास्क प्रहरीको डरले मास्क लगाउने गरेपनि सरकारी कार्यालय, पसल, रेष्टुरेन्ट कतैपनि संक्रमण रोक्न सावधानी अपनाईएको छैन । खाद्यान्न, फेन्सी, औषधी समेतका पसलहरुमा न ग्राहकले न पसलेले मास्क प्रयोग गर्छन ।
सदरमुकाम बाहिरको अवस्था झन खराव छ । जिल्लाको ग्रामिण भेगमा मास्क लागाउने ब्यक्तिलाई उल्टो अपमानित हुनु पर्छ । सर्वसाधारणले मात्र होईन, गाउँपालिकाको कार्यालयमा जनप्रतिनिधी, कर्मचारी तथा स्थानीय तहमा रहेका प्रहरी, स्वास्थ्य चौकी समेत जनसम्पर्क भैरहने कार्यालयमा समेत मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, स्यानीटाईजर प्रयोग गर्ने, सावुने समय समयमा हात धुने समेतका आधारभुत रोकथामका सावधानी अपनाउने गरिएको छैन ।
‘गाउँमा आउँदा कसैले मास्क लगाएको छैन, कतै सामाजिक दुरी छैन । मास्क लगाएर हिंड्दा आफै उल्लो उल्लु झै भईने रहेछ’ रघुगंगा गाउँपालिका, २ भगवतीमा पारिवारिक एक कार्यक्रममा सहभागी हुन पुगेका बेनीका स्थापित अगुवा शिवप्रसाद केसीले भने, ‘ग्रामिण भेगमा स्थानीयले कोरनाको प्रकोपलाई अति सामान्य रुपमा लिएको पाईन्छ । एक्लै भएपछि आफैले पनि मास्क फुकालेर हिंड्नु पर्ने रहेछ ।’
सावधानी अपनाउन आनाकानी गर्नेमा सर्वसाधारण मात्र होईन प्रमुख, उप्रमुख समेत जनप्रतिनिधी, सुरक्षाकर्मी, कर्मचारी र सामाजिक अगुवाहरु छन । सर्वसाधारणले मात्र होइन, प्रहरी/प्रशासनमा गरिने भेला/वैठकमा सहभागी जिम्मेवार पदाधिकारीहरुले मास्कलाई चिउँडोमा लगाउने गरेका हुन्छन ।
स्थानीय तहका कार्यालयमा न कर्मचारी न सेवाग्राही कसैले पनि हात धुने, मास्क लगाउने गरेको देखिएन । गाउँभरी कसैले पनि यस्ता सावधानी अपनाएको देखिएन । ग्रामिण भेगम कसैले मास्क लगाएको, स्यानीटाईजर प्रयोग गरेको देख्दा स्थानीयले उल्टो खिल्ली उडाउने समेत गरेका छन ।
सवैभन्दाबढी लापरवाही सवारी साधनमा हुने गरेको छ । सवारी चालकले सदरमुकाम छिर्ने नाकामा चेकपोष्ट नजिक आएपछि सवैलाई मास्क लगाउन लगाउँछन, अन्यथा सीट क्षमताभन्दाबढी यात्रु कोचेर यात्रा गर्ने मात्र होईन, न चालक न यात्रुले मास्क लगाउँछन ।
‘लकडाउनको सुरु सुरुमा सवैले कडाई नै गरे । जनताले पनि निक्कै होसियारी देखाए तर विस्तारै कोरना विर्सेजस्तो कसैले पालना नै गर्न छोडेका छन । नियमन पनि फितलो भएको छ’ मालिका गाउँपालिा अध्यक्ष श्रीप्रसाद रोका मगरले भने, ‘समुदायमा संक्रमण देखियो वर्वाद नै हुने अवस्था छन । लामो समय भएकोले मान्छेलाई रोक्नै नसकिने रहेछ ।’
सर्वसाधारण र कार्यालयहरुमा मात्र होईन, लक डाउनका समयमा वस्तीमा खाद्यान्न, निर्माण सामाग्री समेत अत्यावश्यक वस्तु वोक्न पास लिएका सवारी साधनको पनि चरम दुरुपयोग हुने गरेको छ । यस्ता सवारी साधनले प्रचलित भाडादर भन्दा महंगो भाडा लिने, क्षमताबढी यात्रु बोक्ने गरेका छन । सवारी चेकजाँच गर्न खटिएका प्रहरीहरुले समेत मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने समेतका आधारभुत सावधानीका उपाय देखिदैन ।
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रका अनुसार प्रहरी कार्यालयमा कार्यरत एक जना प्रहरीबाहेक जिल्लामा सकृय कोरना संक्रमित भेटिएका छैनन । कोरना संक्रमितको कन्ट्याक ट्रेसिङमा रहेका ७ जना प्रहरी र विदेशबाट फर्केका ९ जना समेत १६ जना क्वारेन्टाईनमा रहेका छन । क्वारेन्टाईनमा रहेका ७ प्रहरीको आईतवार स्वाव संकलन गरिएको छ ।
स्वास्थ्य मन्त्रालयको अभिलेखमा कोरनाबाट म्याग्दीका एक जनाको मृत्यु देखाएपनि उनी बसाई सराईगरी हाल पर्वतको जलजला गाउँपालिकामा बस्दै आएका हुन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
