- Loading...
मुख्यमन्त्री परिवर्तन हुँदैनन्, मन्त्रीहरु परिवर्तन हुन सक्छन् : प्रधानमन्त्री ओली
- पुनहिल डट कम
- ४ साल अघि
- १७० पटक पढिएको

सत्तारुढ दल नेकपामा देखिएको विवाद समाधानका लागि आवश्यक सुझाव दिन गठन गरिएको महासचिब विष्णु पौडेल संयोजक रहेको कार्यदलले प्रतिवेदन बुझाएपछि केही मुख्यमन्त्रीहरु र केही मन्त्रीहरु परिवर्तन हुने चर्चा भइरहेका बेला प्रधानमन्त्री ओलीले भने कुनै पनि मुख्यमन्त्री परिवर्तन नहुने बताएका छन्।
शनिबार साँझ प्रशारण भएको एक टेलिभिजन अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले मुख्यमन्त्री परिवर्तन नयाँ चुनावपछिमात्र हुने बताए। उनले अहिले मुख्यमन्त्री परिवर्तन हुनु भनेको मुलुकलाई अस्थिरतातर्फ धकेल्नु भएको भन्दै आफू त्यस्तो अस्थिरताको पक्षमा नभएको बताए।
प्रधानमन्त्री ओलीले आफू नेतृत्वको मन्त्रिमण्डलमा भने परिवर्तन हुन सक्ने बताए। उनले अन्तर्वार्तामा भनेका छन्, ‘प्रधानमन्त्रीलाई आवश्यक लाग्यो भने मन्त्रिरिषद्का सदस्यहरु परिवर्तन हुन सक्छन्।’ राष्ट्रिय सभा सदस्य नबने यही भदौ २० गते स्वतः मन्त्रीबाट मुक्त हुने अर्थमन्त्री डा. युराज खतिवडाबारे भने प्रधानमन्त्री ओलीले स्पष्ट जवाफ दिएनन्। उनले यो विषयमा भविष्यवाणी गर्न नसकिने बताए। उनले डा. खतिवडाबाट आफू सन्तुष्ट रहेको बताए।
कोरोना महामारीबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले सरकारले राम्रो प्रयास गरेको दावी गरे। उनले केही सञ्चार माध्यमहरु र विपक्षीहरुले आलोचनाका लागि आलोचना गरेको भन्दै सरकारले राम्रो काम गरेकाले भयानक स्थिति नआएको बताए।
उनले पूर्व तयारी नगरिएको आरोपबारे जवाफ दिँदै कोरोना आकस्मिक रुपमा आएको भन्दै कसैले पनि पूर्व तयारी नगरेको बताए। उनले भने, ‘पोहार परार, कसैले पनि कोभिड आउँछ भनेको थिएन, जापान, भारत, अमेरिका कसैले पनि पूर्व तयारी गरेका थिएनन्।’ प्रधानमन्त्री ओलीले अन्य केही देशहरुले संक्रमितको निःशुल्क उपचार नगरेको बरु नेपाल सरकारले निःशुल्क उपचार गरिरहेको बताए। तर, अब भने सबैलाई निःशुल्क उपचार गर्न नसकिने संकेत गरे। उनले गरिबलाई सरकारले उपचार गर्ने तर, धनीहरुले आफै उपचार गर्नुपर्ने बताए।
प्रधानमन्त्री ओलीले अन्तर्वार्ताका क्रममा बारम्बार दैनिक २३ हजारको पीसीआर परीक्षण गरिएको दावी गरे। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म कुनै पनि दिन दैनिक २३ हजार मानिसको पीसीआर परीक्षण भएको जनाएको छैन। हालसम्म नेपालमा सबैभन्दा धेरै १३ हजारको पीसीआर गरिएको छ। शनिबार ११ हजार ५१६ गरिएको जानकारी दिइएको छ।
भारतसँगको सम्बन्धबारे कुरा गर्दै प्रधानमन्त्री ओलीले अब भारतसँगको सम्बन्धमा सुधार भइरहेको बताए। उनले कहिल्यै पनि भारतसँग नराम्रो सम्बन्ध नभएको भन्दै नेपालले नक्सा जारी गर्नु सम्बन्ध खराब गर्नु नभएको बताए। उनले नक्सा जारी गरेर नेपालले सम्बन्ध नबिगारेको बताए। अब भूमि फिताृबारे भारतसँग कुरा गर्ने बताए। उनले भारतले भूमि फिर्ता गर्नुपर्ने बताए। उनले नक्सा जारी चित्त बुझाउनका लागिमात्र जारी नगरिएको बताए। उनले नक्सा सत्यमा आधारित भएको भन्दै भारतले त्यसलाई स्वीकार गर्ने विश्वास व्यक्त गरे। souce-dcnepal.com

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
