- Loading...
थपिए ७४३ संक्रमित, सोमबारसम्म ३२ हजार ६ सय ७८ जनामा कोरोना पुष्टि
- पुनहिल डट कम
- ४ साल अघि
- २४२ पटक पढिएको

नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ४३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १० हजार २ सय ३४ जनाको पीसीआर गर्दा उक्त संख्याका संक्रमित भेटिएको हो । योसँगै हालसम्म कोरोना संक्रमितको कुल संख्या ३२ हजार ६ सय ७९ जना पुगेको छ । जसअनुसार आजसम्म ६ लाख १४ हजार २ सय ७८ जनाको पीसीआर परीक्षण भइसकेको छ ।
देशभर हाल विभिन्न जिल्लाका क्वारेन्टाइनहरुमा ११ हजार २ सय ७५ जना रहेका छन् । यसैगरी १३ हजार ७ सय १५ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा उपचार गराइरहनु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा उक्त कुरा बताए ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्ने क्रम सोमबार पनि कायमै रहेको छ। काठमाडौं उपत्यकामा आज २२४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जसअनुसार काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।
उहाँका अनुसार पछिल्लो २४ घण्टामा १ सय ७५ जना कोरोना उपचारपछि घर फर्कन सफल भएको छ । योसँगै नेपाल कोरोना संक्रमणपछि सफल उपचार गरेर घर फर्कनेको संख्या १८ हजार ८ सय ६ जना पुगेको छ । यो भनेको कुल संक्रमितको ५८ प्रतिशतलाई निको भएको हो ।
कोरोना संक्रमणका कारण हाल विभिन्न जिल्लाका आइसोलेसन सेन्टरमा रहेकामध्ये १ सय १४ जना आईसीयुमा उपचार भइरहेको छ भने १४ जनालाई भेन्टिलेटरमा राखेर उपचार गराएको समेत सो कार्यक्रममा जानकारी गराइएको छ ।
कोरोना भाइरस संक्रमणका कारण सोमबार पनि ८ जनाको दुखद निधन भएको मन्त्रालयले घोषणा गरेको छ । उहाँहरुमध्ये रुपन्देहीका ४ जना छन । जसमा ६७ वर्षीया महिला र ३८, ५३ र ५४ वर्षका पुरुष छन । यस्तै सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साका ७० वर्षीया महिला र काठमाडौंका ४८ वर्षीया महिलाको पनि कोरोनाकै कारण निधन भएको छ । योसहित कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेहरुको संख्या अब नेपाल १५७ जना पुगेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
