- Loading...
अर्थमन्त्रीबाट डा. खतिवडा हट्ने निश्चित
- पुनहिल डट कम
- ४ साल अघि
- १४१ पटक पढिएको

करिब अढाई वर्षको कार्यकालमा सर्वाधिक चर्चा र विवादमा परेका अर्थमन्त्री डा. युवराज खतिवडा सरकारबाट विदा हुने लगभग निश्चित भएको छ।
. खतिवडाको राष्ट्रियसभा सदस्य पद भदौ तेश्रो सातादेखि जाँदैछ । उनको राष्ट्रियसभा सदस्यको रुपमा पदावधि नथपिएपछि स्वतः मन्त्री पदबाट विदा लिनुपर्नेछ ।
उनी र उनका निकटस्थहरुले यो पटक पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यको रुपमा निरन्तरता दिने आशा थियो । तर, डा. खतिवडाको पछिल्ला कामबाट प्रम ओली समेत सन्तुष्ट छैनन् । डा. खतिवडाकै कारण पार्टीभित्रको सन्तुलन समेत बिग्रिएको, पार्टीको छवि धूमिल भएपछि ओली समेत डा. खतिवडालाई विदा गर्ने पक्षमा छन् । यही कारण सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नुपर्ने राष्ट्रियसभा सदस्यको एक रिक्त पदमा हालसम्म कसैलाई सिफारिस गरिएको छैन । यो पदमा पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई लैजाने तयारी गरिएको छ ।
पछिल्लो समय ओलीको सदाशयता समेत आफूमाथि नरहेको र परिस्थिति फरक बनेपछि अर्थमन्त्री डा. खतिवडाले आफ्ना निकटस्थहरुसँग अब आफू मन्त्रीबाट विदा लिने तयारीमा रहेको बताएका छन् । उनले गत सातादेखि नै निकटस्थहरुसँगको भेटघाटमा आफू अब सरकारमा नरहने बताउन थालेका स्रोत दाबी गर्छ । यसले समेत अब डा. खतिवडाको बहिर्गमन सुनिश्चित बनेको स्रोत बताउँछ ।
राजनीतिक पृष्ठभूमिबाट नआएका डा. खतिवडा प्रशासनिक अनुभव र विज्ञताकै कारण एकैपटक मन्त्री बन्न पाउने भाग्यमानी पात्र समेत हुन् । तर, उनले आफ्नो कार्यकालमा आफूलाई प्रमाणित गर्न सकेनन् ।
दुईतिहाई नजिकको शक्तिशाली सरकारको अर्थमन्त्री रहेर पनि उनले अर्थतन्त्रमा प्रभावकारी परिवर्तन हुनसक्ने कुनै काम गर्न सकेनन् । बरु यसअघिका कमजोर सरकार जत्तिको समेत अर्थतन्त्रले प्रदर्शन गर्न सकेन । बरु, अवस्था झनै जर्जर बनेपछि उनको विज्ञताले काम नगरेको टिप्पणी हुँदै आएको छ ।
प्रधानमन्त्री ओली समेत पछिल्लो समयमा आफूले गरेको नयाँ प्रयोग असफल भएको बताउन थालेका छन् । गत साता बालुवाटारमा भएको पार्टीको एक छलफलमा उनले यो विषयमा खुलेरै कुरा गरेका स्रोत दाबी गर्छ ।
अर्थमन्त्रीको रुपमा डा. खतिवडा विदा हुने सुनिश्चित भएसँगै उनको व्यवस्थापनको विषयमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले तीव्र लविङ गरिरहेका छन् । रिमालले पार्टीभित्रको समीकरण मिलाउने क्रममा डा. खतिवडालाई विदा गर्नुपर्ने अवस्था आए पनि उनलाई प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकार बनाउनुपर्ने विषयमा लविङ गरिरहेका बुझिएको छ । source-bizshala.com

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
