FLASH NEWS
- Loading...
सेयर बजारले समाउन थाल्यो सकारात्मक लय
- पुनहिल डट कम
- ४ साल अघि
- २९० पटक पढिएको

सेयर बजारले क्रमशः लय समाउन थालेको छ । निषेधाज्ञाको बीचमा आइतबार नेप्से सूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ । खरिदबिक्री रकम पनि औसतमा उत्साहप्रद रहेको छ । बैंकिङ प्रणालीमा सहज तरलताको अवस्था छ । तरलता सहज हुँदा ब्याजदर पनि क्रमशः घट्दो क्रममा रहेको छ । यसले सेयर बजारलाई सुस्त हिसाबले भए पनि माथि जान सहयोग पुग्ने देखिएको छ । सूचीकृत कम्पनीहरुको वित्तीय विवरण आइसकेको अवस्था छ ।
कोरोना संक्रमणका बीचमा औसतमा नाफा घटे पनि त्रसित भइहाल्नुपर्ने देखिएको छैन । यसर्थ, लगानीकर्ताहरुको आत्मबल क्रमशः सुधार हुने देखिएको छ । सेयर बजार तलमाथि गरिरहन्छ । नेप्से सधैं एउटै बाटोमा हिँड्दैन । घटेपछि बढ्ने अनि बढेको बजारमा फेरि करेक्सन आउने सेयर बजारको विशेषता नै हो । यसर्थ, आम लगानीकर्ताले बजारमा आफ्नो ठोस रणनीति तय गर्न सक्नुपर्छ ।
कहिले किन्ने अनि कतिबेला बेच्ने भन्नेमा ध्यान दिनुपर्छ । जोखिम बहन गर्न सक्ने क्षमतामा ख्याल गर्न आवश्यक छ । सेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञानको पनि महत्वपूर्ण हुन्छ । यसबाहेक देशको आर्थिक तथा राजनीतिक अवस्था, तरलता अवस्था, ब्याजदर, कम्पनीहरुको लाभांश वितरण क्षमता, सम्बद्ध कम्पनीको प्रमुख वित्तीय सूचकहरु पनि उत्तिकै ध्यान दिन आवश्यक देखिन्छ ।

नेप्से सूचक आइतबार १२.७७ अंकले बढेर १४१०.३४ विन्दुमा आइपुगेको छ । १८४ कम्पनीको १ अर्ब १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २४ लाख ९८ हजार ६६२ कित्ता सेयर खरिदबिक्री भएका छन् । कुल १२ समूहको कारोबार भएकामा ३ समूह घटेका छन् भने बाँकी सबै माथि लागेका छन् । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक २३३.२२ अंकले बढेको छ । यता, वाणिज्य बैंक समूहमा ४.८ अंकको तेजी आएको छ ।
यस दिन समृद्धि फाइनान्सको सेयर भाउ सबैभन्दा धेरै ९.७७% ले बढेको छ । नेको इन्सुरेन्स र तारागाउँ रिजेन्सी होटेलमा धेरै कमाउनेमा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । यता, सबैभन्दा धेरै गुमाउनेमा पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । यसको भाउ ३.७०% ले तल झरेको हो । खदिरबिक्री रकममा नेको इन्सुरेन्स अग्रस्थानमा आइपुगेको छ । यसको १३ करोड ७२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो । खरिदबिक्रीमै दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र नेपाल पुनर्बिमा कम्पनी रहेका छन् ।
source-nepalipaisa.com
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक