- Loading...
आज ७०७ संक्रमित थपिए, नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुग्यो
- पुनहिल डट कम
- ४ साल अघि
- २१५ पटक पढिएको

नेपालमा विहीबार थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ ।
नयाँ थपिएका संक्रमित मध्ये १९२ जना महिला र ५१५जना पुरुष रहेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । ११ हजार ५५५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
कहाँ कति थपिए ?
डा गौतमका अनुसार प्रदेश १ का जिल्लहरुमा उदयपुरका ४ जना , झापाका एकजना, तेह्रथुमका ९ जना, धनकुटाका एकजना, मोरङका ९ जना र सुनसरीका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रदेश नम्बर २ का जिल्लाहरुमा धनुषाका ३१ जना, पर्साका ५५ जना, बाराका ८ जना, महोत्तरीका १५ जना, रौतहटका ६ जना, सप्तरीका १९ जना, सर्लाहीका ९३ जना र सिराहाका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डा गौतमका अनुसार बागमती प्रदेशमा काठमाडौंका १७४ जना, काभ्रेका एकजना, चितवनका एकजना, दोलखाका २ जना, धादिङका २ जना, नुवाकोटका ३ जना, भक्तपुरका ८ जना, मकवानपुरका २५ जना, ललितपुरका १८ जना, सिन्धुपाल्चोकका एकजना र सिन्धुलीका एकजनामा कोरोना पुष्टि भएको छ ।
यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका १९ जना, गोरखाका एकजना, तनहुँका २ जना, नवलपरासी पूर्वका ३ जना, बाग्लुङका ८ जना, स्याङ्जाका एकजना, कपिलवस्तुका ३० जना, गुल्मीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्रदेश नम्बर ५ मा दाङका ४ जना, प्युठानका एकजना, बर्दियाका २ जना, बाँकेका १६ जना, रुपन्देहीका १८ जना र रोल्पाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा कालिकोटका एकजना, जाजरकोटका एकजना, दैलेखका १९ जना, रुकुम पश्चिमका एकजना, सल्यानका एकजना र सुर्खेतका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा अछामका ३१ जना, कैलालीका एकजना, डडेल्धुराका २ जना, डोटीका १६ जना, दार्चुलाका एकजना, बझाङका एकजना र बैतडीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप २६४ जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ९६४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ हजार ७०० थियो ।
मन्त्रालयका अनुसार बुधबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२० पुगेको थियो । आज थप ६ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२६ पुगेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
