- Loading...
अर्थमन्त्रीबाट विदा हुँदै युवराज खतिवडा, विष्णु पौडेलको पुनरागमनको संभावना
- पुनहिल डट कम
- ४ साल अघि
- १६४ पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता टिकाउने सहमतिअनुरुप अब सरकारबाट अर्थमन्त्री डा. युवराज खतिवडा बाहिरिने निश्चित भएको छ ।
प्रधानमन्त्री केपी ओलीसँग उनको दल नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले लामो समयदेखिको संवादहीनता तोड्दै छलफल गरेपछि सत्तारुढ दलको विवाद समाधानका खाका कोर्न दोश्रो तहका नेताहरु यतिबेला सक्रिय छन् ।
कार्यदलले कोरिरहेको सहमतिको अन्तिम खाका तयार हुन अझै एकदुई दिन लाग्छ । तर, हालसम्म प्रधानमन्त्रीको रुपमा ओलीले पूरा कार्यकाल सरकार चलाउने, प्रचण्डलाई आगामी महाधिवेशनसम्म अधिकारसहितको शक्तिशाली अध्यक्ष दिने र आगामी महाधिवेशनमा पार्टी अध्यक्षका लागि ओलीले प्रचण्डलाई सहयोग गर्ने लगायतका बुँदामा दुई पक्षका नेताहरुको सहमति बनिसकेको छ । सहमति कार्यान्वयनका लागि छिटोमा एकहप्ताभित्रै सरकारमा सहभागी मन्त्रीहरु हेरफेर हुने संभावना छ । सरकारमा प्रचण्ड, माधव नेपाल र बामदेव गौतम निकट नेताहरुलाई मन्त्रीको रुपमा सहभागी गराउने खाका समेत कोरिएको छ ।
‘एकहप्ताभित्र सरकारका मन्त्रीहरुको हेरफेर हुनसक्ने संभावना अधिक देखिन्छ ।’ कार्यदलका ती सदस्यले भने–‘पार्टीका विभिन्न शक्तिहरुको सन्तुलन मिल्ने गरी सरकारमा मन्त्रीहरुको हेरफेर हुन लागेको हो ।’
आर्थिक जगत र सेयर बजारका लागि समेत अति चासोको विषय मन्त्रीमण्डल पुनर्गठन हुँदा अर्थमन्त्रीको रुपमा डा. युवराज खतिवडाले नै निरन्तरता पाउँछन् या पाउँदैनन् भन्ने छ । स्रोतका अनुसार मन्त्रीमण्डल पुनर्गठन हुँदा अर्थमन्त्रीको रुपमा डा. युवराज खतिवडाले निरन्तरता पाउने छैनन् ।
‘मन्त्रीमण्डलमा अब सहभागी हुनेमा पार्टीको सचिवालयका नेताहरुले प्राथमिकता पाउने एकखालको सहमति बनिसकेको छ ।’ स्रोतले भन्यो–‘यसो हुँदा अर्थमन्त्रीको रुपमा डा. खतिवडा रहने सवाल नै उठ्दैन । उनी बाहिरिन्छन् ।’
अर्थमन्त्री डा. खतिवडा मन्त्रीको रुपमा सहभागी भइराख्नका लागि राष्ट्रियसभाको सदस्य कायम भइराख्नुपर्छ । तर, रिक्त राष्ट्रियसभाको एक पदमा प्रधानमन्त्री ओलीले खतिवडालाई सिफारिस गरेका छैनन् । राष्ट्रियसभा सदस्यको पद हुँदै सरकारको नेतृत्व गर्नेसम्मको चाहना पार्टीका उपाध्यक्ष बामदेव गौतमले प्रकट गरेपछि खतिवडालाई काखी च्याप्न ओलीलाई अप्ठ्यारो भएको छ । यसो हुँदा अबको दिनमा समेत राष्ट्रियसभाको सदस्य बन्न डा. खतिवडाले पाउँदैनन् । राष्ट्रियसभाको सदस्यमा कायम नरहेको अवस्थामा पनि कुनै पनि व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था छ । यही व्यवस्था अन्तरगत राष्ट्रियसभाको सदस्य पदको अवधि सकिएर पनि डा. खतिवडा अर्थमन्त्रीको रुपमा काम गरिरहेका छन् । तर, त्यो ६ महिनाको अवधि पनि सकिन लागेको र यही बेला पार्टीमा सहमतिका लागि कतिपय नेताहरुलाई शक्तिशाली मन्त्रालय दिनुपर्ने परिस्थिति बनेकोले उनको बहिर्गमन निश्चितप्राय रहेको स्रोतहरु बताउँछन् ।
उसो भए अबको अर्थमन्त्री बन्ने पालो कसको त ? धेरैमा जिज्ञासा हुनसक्छ । सत्तारुढ दलभित्रको विवाद समाधानका लागि गठित कार्यदलका एक अर्का सदस्यका अनुसार अबको अर्थमन्त्रीमा विष्णु पौडेलको संभावना प्रवल छ । उनले यसअघि पनि अर्थमन्त्रालयको कमान सम्हालिसकेका छन् ।
सुरेन्द्र पाण्डेले पनि अर्थमन्त्रीमा मन गरेका भए पनि पार्टीभित्रको समीकरण मिलाउन र सचिवालयकै नेतालाई मन्त्री बनाउने कुरामा प्राथमिकता दिने सहमतिका कारण विष्णु पौडेल नै अर्थमन्त्री हुने संभावना देखिने ती सदस्यले जानकारी दिए ।
अर्थमन्त्रीसहित यसपटक केही महत्वपूर्ण मन्त्रालय हाँकिरहेका मन्त्रीहरुले समेत विदा पाउनेछन् । ओली निकटका केही मन्त्रीले विदा पाई त्यसमा प्रचण्ड, नेपाल र गौतम खेमाका नेताहरुको प्रवेश हुनेछ । source-bizshala.com

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
