FLASH NEWS
  • Loading...

सिमित श्रोत र साधन विच सुविधा बढाउँदै बेनी अस्पताल

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १३५ पटक पढिएको
सिमित श्रोत र साधन विच सुविधा बढाउँदै बेनी अस्पताल

जस्तापाताले छाएका भुई तल्ले काम चलाउ भौतिक संरचना, सिमित जनशक्ति विचपनि बेनी अस्पतालले श्रोतसाधन विच सेवा, सुविधा र गुणस्तर र विरामीको विश्वास थपेको छ ।
नियमित ओपिडि र इन्डोरमा मेडिकल अफिसरहरुले सामान्य विरामीको चेकजाँच गर्दै आएको बेनी अस्पतालमा पछिल्ला दिनहरुमा उपकरणयुक्त बनाउँदै लगिएको छ । परम्परागत शैलिको ल्यावको रिपोर्टलाई भरपर्दो बनाउन अटो एनलाईजर मेशिनबाट २४ घन्टा ल्याव सेवा, डिजिटल एक्सरे, इकोसमेतको युएसजी (भिडियो एक्सरे), हर्निया, हाईड्रोसिल, एपिण्डाइस र शल्यक्रियाबाट सुरक्षित सुत्केरी (सिएस) र दन्त सेवा दिँदै आएको छ ।
बेनी अस्पतालले हालै मृगौला पिडितकालागी डायलाइसिस सेवा पनि सुरु गरेको छ । देशका विभिन्न अस्पतालमा म्याग्दीका ६० जना विरामीले नियमित डायलाइसिस गरिरहेका छन । डायलाइसिस सेवा नियमित गर्न जडान गरिएको ६२ केभिए र २० केभिए क्षमताका दुई वटा ब्याकअप जडान भएपछि अस्पतालको ल्याव, रक्तसञ्चार, एक्सरे समेतका सेवा पनि नियमित भएको छ ।
अस्पतालले पछिल्लो एक बर्षमा २ वटा भेन्टीलेटरसहित ५ बेडको सघन उपचार कक्ष (आईसियु), सिलिण्डर रिफिल समेत अक्सिजन प्लान्ट जडान गरेको छ । फोहोरलाई छेउकुनामा आगो लगाएर नष्ट गर्दै आएको अस्पतालले अटोक्लेप पद्धतिबाट ब्यवस्थापन थालेको छ ।
‘सिमित श्रोत, साधन र प्रविधीको सीमाभित्र बेनी अस्पताले दिने सेवा गण्डकी प्रदेश क्षेत्रका अन्य अस्पतालभन्दा कमजोर छैन । समुदाय, ब्यवस्थापन समिति र स्वास्थ्यकर्मीको एकतावद्ध प्रयासले धेरै काम संभव भएको हो’ बेनी अस्पतालकालागी निकसाईमन संस्थाबाट खटिएका एक्ला एमडिजिपी डाक्टर नवराज वास्ताकोटीले भने, ‘पेडियाट्रिसियन (वालरोग), गाईनोलोजिष्ट, अर्थोपेडिक (हाडजोर्नी), समेत कन्सल्टेन्ट डाक्टरको गाईड पाउने हो भने पोखरामा उपलब्ध सुविधा हामी यही दिन सक्छौं ।’
त्यस्तै अस्पतालले शव गृह ब्यवस्थित नहुँदा दुर्गन्ध परपर सम्म पुगेको भन्दै समुदायबाट गुनासो आएपछि मर्चरी च्यावम्बर बनाउन थालेको छ । सिटीस्क्यान, थाईराईड परिक्षण, इको मेसिन र एमआरआई सुविधा थप्ने गरी काम भैरहेको अस्पतालले जनाएको छ ।
‘अस्पताल भवन भत्काइएको र नयाँ भवन नवनेको अवस्थामा जस्तापाताको छाप्रामुनी बसेर जुन सुविधा र सेवा दिएका छौं । प्रदेश सरकारले करारमा दिएका ५ जना प्यारामेडिक्स कर्मचारी बाहेक ब्यवस्थापन समितिले ५३ जना प्यारामेडिक्स कर्मचारीलाई करारमा राखेर अस्पताल चलाएका छौं’ बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष वेलबहादुर कटुवालले भने, ‘विरामीले घरदैलोमै पाएको सेवा र सन्तुष्टीबाट हामी उत्साही छौं । निर्माणाधिन भवन छिटो बन्ने र दरवन्दी अनुसार डाक्टर प्राप्त हुने हो भने हाम्रो स्तरका अस्पतालमा हामी गण्डकी प्रदेशको एक नम्बर अस्पताल बनाउन सक्छौं ।’
बेनी अस्पताल प्रशासनका अनुसार अस्पतालमा प्रमुख मेडिकल सुपरिटेण्डेन्ट, बरिस्ट रेडियोलोजिष्ट, रेडियोथेरापिष्ट, फिजिसियन, कन्सल्टेन्ट सर्जन, एनेस्थिेसियालोजिष्ट, पेडियाट्रिसियन (वालरोग), गाईनोलोजिष्ट, अर्थोपेडिक (हाडजोर्नी), साईक्याट्रिक्स (मनोरोग), फिजियो थेरापिष्ट, नसिङ्ग अधिकृत समेत ११ जना विशेषज्ञ (कन्सल्टेन्ट) डाक्टर समेत ६९ जना श्वास्थ्यकर्मीको दरवन्दी रहेको बेनी अस्पतालमा अहिले २ जना मेडिकल अधिकृत समेत २७ जना कार्यरत छन ।
निक साईमनले दिएको एक जना एमडिजिपीसमेत दुई जना, विभिन्न कलेजबाट इन्टेन्सीपमा आएका ८ जना र दरवन्दीका दुई जना मेडिकल अपि
mसरको भरमा अस्पतालले धेरै बढी सुविधा दिएको छ ।