- Loading...
तनहुँमा एकै परिवारका ४ जनासहित ५ जनामा कोरोना
- पुनहिल डट कम
- ४ साल अघि
- १३२ पटक पढिएको

जिल्लाको व्यास नगरपालिका–१ चारकुनेमा आइतबार एकै परिवारका ४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । गत शुक्रबार ब्यास–१ की ६९ वर्षीय वृद्धामा कोरोना पोजिटिभ देखिएपछि उनकै परिवारका सदस्यहरुको परीक्षण गर्दा रिपोर्ट पाजिटिभ आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतिले बताए ।
‘पोखरामा गरिएको परीक्षणमा ती महिलामा कोरोना देखिएपछि उनका परिवारले आफै पोखरा गएर परीक्षण गरेका थिए’, उनले भने, ‘अवस्था सामान्य रहेका उनीहरुलाई दमौली अस्पतालको आइसोलेसनमा राखिएको छ ।’ संक्रमण हुनेमा ९ वर्षीय बालक, १३ वर्षीया बालिका, ४० वर्षीय पुरुष र ३६ वर्षीय महिला रहेको जनाइएको छ ।
यस्तै, वृद्धामा कोरोना पोजिटिभ देखिएपछि कन्ट्याक ट्रेसिङ मार्फत १०२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको र रिपोर्ट आउन बाँकी रहेको नगरपालिकाले जनाएको छ । त्यस्तै, जिल्लाको भानु नगरपालिका–४ का ३० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुने पुरुष नगपालिकाकै कर्मचारी रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताएका छन् ।
हालसम्म जिल्लामा २१८ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएकोमा १८० जना निको भएर घर फर्किएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । source-ekantipur.com

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
