- Loading...
शनिबार थपिए ४६८ जना, संक्रमितको संख्या २६ हजार नाघ्यो
- पुनहिल डट कम
- ४ साल अघि
- १९२ पटक पढिएको

नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ६८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । देशभरका ३९ प्रयोगशालामा ११ हजार ४७ जनाको पीसीआर गर्दा उक्त संख्याका संक्रमित भेटिएको हो । योसँगै हालसम्म कोरोना संक्रमितको कुल संख्या २६ हजार १९ जना पुगेको छ ।
देशभर हाल विभिन्न जिल्लाका क्वारेन्टाइनहरुमा १४ हजार ४ सय ४८ जना रहेका छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्ने क्रम शनिबार पनि कायमै रह्यो । काठमाडौं उपत्यकामा शनिबारमात्रै ९८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। जसअनुसार काठमाडौं जिल्लामा ८०, ललितपुरमा ९ र भक्तपुरमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।
पछिल्लो २४ घण्टामा १ सय २४ जना कोरोना उपचारपछि घर फर्कन फर्केका छन । योसँगै नेपाल कोरोना संक्रमणपछि सफल उपचार गरेर घर फर्कनेको संख्या १७ हजार २ सय १ जना पुगेको छ । यो भनेको कुल संक्रमितको ६६.१ प्रतिशतलाई निको भएको हो ।
कोरोना भाइरस संक्रमणका कारण शनिबार पनि ३ जनाको दुखद निधन भएको मन्त्रालयले घोषणा गरेको छ । उहाँहरुमध्ये कपिलवस्तुका १ जना पुरुष, पर्साका १ जना पुरुष र धनुषामा पनि १ जना पुरुषको दुःखद निधन भएको छ ।
कपिलवस्तु जिल्ला मायादेवी गाउँपालिका वडा नं. १ निवासी ४० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण निधन भएको हो । उहाँको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा साउन ३१ गते निधन भएको छ । यसैगरी पर्सा जिल्ला वीरगन्ज महानगरपालिका वडा नं. १२ वस्ने ६० वर्षीय एक पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको छ ।
धनुषा जिल्ला जनकनन्दनी गाउँपालिकाका ५० वर्षीय पुरुषको पनि साउन २९ गते कोरोना भाइरस संक्रमणका कारण दुखद निधन भएको छ । योसहित कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेहरुको संख्या अब नेपाल १०२ पुगेको छ । जसमा २२ जना महिला र ८० जना पुरुषको निधन भएको हो ।
केही दिनअघि मात्रै कोरोना मुक्त हुने जिल्लाको संख्या बढिरहेको थियो । तर अहिले ७७ मध्ये जम्मा ५ जिल्लामा मात्र कोरोना संक्रमण मुक्त भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसबाट संक्रमित कोही पनि भेटिएको छैन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
