- Loading...
प्रधानमन्त्री ओली र नरेन्द्र मोदीबीच ११ मिनेट फोनवार्ता
- पुनहिल डट कम
- ४ साल अघि
- ११७ पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज फोनवार्ता भएको छ। भारतको ७४औँ स्वतन्त्रता दिवसको दिन आज प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग ११ मिनेट फोनवार्ता गरेका परराष्ट्र मन्त्रालय स्रोतले बतायो।
उनीहरूबीच कोरोना रोकथाम र नियन्त्रणका लागि आ–आफ्नो देशले गरेका कामका विषयमा अनुभव आदाप्रदान भएको छ। कोरोना नियन्त्रणमा मिलेर जाने विषयमा ओली र मोदीबीच कुराकानी भएको परराष्ट्रले जनाएको छ। भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिए। मिर्गौला प्रत्यारोपणपछिको स्वास्थ्यकाबारे मोदीले चासो देखाएका थिए।
दुई देशबीच सीमाको विषयमा विवाद उत्पन्न भएपछि लामो समय प्रधानमन्त्री तहमा कुराकानी हुन सकेको थिएन। भारतले नेपाली भूमि लिपुलेक–लिम्पियाधुरा जोड्ने सडक बनाएपछि प्रधानमन्त्री तहको सम्वाद भएको थिएन। नेपालले कूटनीतिक नोटमार्फत् आपत्ति जनाएपनि भारतले यसको जवाफ दिएन। पछि नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायत मिचिएको आफ्नो भूमि समेटेर राजनीतिक र प्रशासनिक नक्शा जारी गरेको थियो। https://www.dekhapadhi.com/news/21359

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
