- Loading...
नेपालीले पत्ता लगाए इन्स्टाग्रामको सुरक्षा कमजोरी, पाए ६ हजार डलर
- पुनहिल डट कम
- ४ साल अघि
- १५१ पटक पढिएको

प्रयोगकर्ताले इन्स्टाग्रामबाट डिलिट गरेको फोटो र म्यासेज पनि कम्पनीको सर्भरमै रहने समस्या पत्ता लगाएपछि इन्स्टाग्रामले २१ वर्षीय नेपालीलाई ६ हजार अमेरिकी डलर पुरस्कार दिएको छ ।
साइबर सुरक्षा सम्बन्धी अनुसन्धान गर्ने नेपाली सौगात पोखरेललाई कम्पनीले यो सुरक्षा कमजोरी पत्ता लगाएबापत् पुरस्कार रकम दिएको हो । पोखरेलले इन्स्टाग्राममा रहेको आफ्नो तथ्यांक डाउनलोड गर्ने टूल प्रयोग गरी आफ्नो विवरण हेर्दा आफूले धेरैअघि डिलिट गरेको फोटो र सन्देश पनि इन्स्टाग्रामको सर्भरमै रहेको पत्ता लगाएका थिए ।
प्रयोगकर्ताले फोटो र सन्देशहरु डिलिट गरेको केही दिनसम्म कम्पनीहरुको सर्भरमै रहनुलाई सामान्य मानिन्छ । इन्स्टाग्रामले पनि प्रयोगकर्ताले डिलिट गरेको फोटो र सन्देशहरु आफ्नो सर्भरबाट डिलिट हुन ९० दिन लाग्ने जनाएको छ ।
तर, आफूले एक वर्षअघि डिलिट गरेको तथ्यांकहरु पनि इन्स्टाग्रामको सर्भरमै रहेको थाहा पाएपछि गत अक्टोबरमा पोखरेलले कम्पनीलाई जानकारी गराएका थिए । ट्वीटर, इन्स्टाग्राम र फेसबुकले आफ्ना प्रयोगकर्तालाई उनीहरुको केके तथ्यांक कम्पनीको सर्भरमा छ भन्ने जानकारी दिनको लागि डाटा डाउनलोड टूलको पहुँच दिएको छ ।
अमृत साइन्स क्याम्पसमा फिजिक्समा बीएसस्सी अध्ययनरत पोखरेलले कम्पनीले आफूलाई सुरक्षा कमजोरी पत्ता लगाएबापत् ६ हजार अमेरिकी डलर दिएको बताए । ‘मैले गत अक्टोबरमा सुरक्षा कमजोरी पत्ता लगाएर खबर गरेको थिएँ,’ कान्तिपुरसँग कुरा गर्दै पोखरेलले भने, ‘फेब्रुअरी ७ तारिखमा पुरस्कारबापतको पैसा पाएँ ।’
सुरक्षा कमजोरी समाधान नभएसम्मको लागि यो तथ्य बाहिर सार्वजनिक गर्न नमिल्ने शर्त भएका कारण ढिला गरी सार्वजनिक गरेको पोखरेलले बताए । इन्स्टाग्रामले सुरक्षा कमजोरी समाधान भएको र उनले पत्ता लगाएको कमजोरी अब सार्वजनिक गर्न मिल्ने अनुमति दिएपछि पोखरेलले प्रविधिसम्बन्धी समाचार दिने वेबसाइट टेकक्रञ्चलाई यसबारे जानकारी गराएका थिए ।
टेकक्रञ्चले शुक्रबार यो समाचार प्रकाशित गरेपछि प्रविधि सम्बन्धी अन्य अन्तर्राष्ट्रिय मिडियाहरुले पनि पोखरेलले पत्ता लगाएको सुरक्षा कमजोरीबारे समाचार लेखेका छन् ।
इन्स्टाग्रामको बग बाउन्टी प्रोग्राममार्फत् पोखरेलले गत अक्टोबरमा यो सुरक्षा कमजोरी औंल्याएका थिए । कम्पनीले केही साता अघि यो समस्याको समाधान गरेको छ । यस्तो सुरक्षा कमजोरी रहेको भए पनि हालसम्म यसको दुरुपयोग नभएको इन्स्टाग्रामको प्रवक्तालाई उद्धृत गर्दै टेकक्रञ्चले लेखेको छ ।
ट्वीटरमा भएको यस्तै सुरक्षा कमजोरी पनि गत वर्ष पत्ता लागेको थियो । ट्वीटरको डाइरेक्ट म्यासेज प्रयोकर्ताले डिलिट गर्दा पनि र एकाउन्ट बन्द गर्दा पनि कम्पनीको सर्भरमा रहने समस्या ट्वीटरले गत वर्ष समाधान गरेको हो । source-ekantipur.com

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
