- Loading...
सिन्धुपाल्चोकमा पहिरोले २१ घर पुरिए, केही परिवार सम्पर्क विहीन, कालिकोटमा एकै परिवारका ६ जनाको मृत्यु
- पुनहिल डट कम
- ४ साल अघि
- १५५ पटक पढिएको

सिन्धुपाल्चोकमा गएको पहिरोमा २१ घर पुरिएका छन्। सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. २ मा गएको पहिरोबाट झण्डै २१ जना पुरिएको वडा अध्यक्ष प्रताप लामाले डिसी नेपाललाई जानकारी दिए।
लामाका अनुसार शुक्रबार विहान करिव ६ बजे तिर पहिरो गएको हो। उनले भने, ‘सबै तथ्याङ्क आएको छैन। हामी जाँदै छौं। नेपाली सेनाको हेलिक्टर पनि उड्न तयार भएको छ। सभामुख ज्यू पनि आउँदै हुनुहुन्छ।’
उनका अनुसार धेरै घाइते भएका छन्। २ जना सिकिस्तै रहेका छन्। उद्धारका लागि प्रहरीको टोली घटनास्तलमा पुगेको छ।
उदार गर्न निकै कठिन भएको उनले बताए। उनले भने, ‘केही घरका परिवारहरु सम्पर्क विहीन हुनुहुन्छ। उद्धार गर्न निकै कठिन भएको छ।’
राससका अनुसार पहिरोले लामा गाउँ पुरिँदा १३ घरमा पूरै क्षति भएको, १५ जना घाइते आफैँ निस्किएको, उद्धार गर्न जान सक्ने अवस्था नरहेको स्थानीय आशबहादुर तामाङले जानकारी दिए। पुरिएका पाँच घरका सबै सम्पर्कविहीन रहेको कति जना पुरिए भन्ने अझै खुल्न बाँकी रहेको तामाङले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घटनास्थलमा सेना र प्रहरीलाई पठाएको जानकारी दिए। जनप्रतिनिधि एवं पार्टी नेतृत्वको टोली हेलिकप्टरसहित उद्धारमा जाँदै गरेको वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले बताए।
कालिकोटमा एकै परिवारका ६ जनाको मृत्यु
त्यस्तै कालिकोट जिल्लाको महावै गाउँपालिका–मा गएराति गएको पहिरोमा परी ६ जनाको मृत्यु भएको छ। अवरिल वर्षापछि गएको पहिरोमा परी महावै गाउँपालिकाका गाउँसभा सदस्य ढकबहादुर विष्टका दुई छोरा र दुई छोरी र उनका दाजु वीरबहादुर विष्टका दुई छोरीको मृत्यु भएको महावै गाउँपालिकाका प्रमुख नन्दबहादुर सिंहले जानकारी दिए।
‘गएराति देखि परेको अविरल वर्षाका कारण गाउँपालिका सदस्य ढकबहादुर विष्टका दुई छोरा र दुई छोरी उहाँका दाजु वीरहादुर विष्टका दुई छोरीको मृत्यु भएको खबर आएको छ,’ गाउँपालिका प्रमुख सिंहले डिसी नेपालसँग भने, ‘अहिले हामी सदरमुकामबाट घटनास्थलतर्फ जाँदैछौं। ठाउँ ठाउँमा पहिलो गएका कारण घटनास्थलमा पुग्न सजिलो छैन।’
उनले घटनास्थल सदरमुकामबाट झण्डै १८ कोस टाढा रहेको जनाए। प्रहरीका अनुसार पहिरोमा परी १९ वर्षीया शान्ति विष्ट, १० वर्षीया रेशा विष्ट, १३ वर्षीय पुष्प विष्ट, ११ वर्षीय प्रविण विष्ट, १८ वर्षीय सविना विष्ट र १५ वर्षीय आशा विष्टको मृत्यु भएको छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
