- Loading...
एक साताभित्रै कोरानोबाट ३५ जनाको मृत्यु, आधा बढीमा थिएन दीर्घ रोग
- पुनहिल डट कम
- ४ साल अघि
- १५१ पटक पढिएको

कोभिड संक्रमणबाट पछिल्लो एक सातामा ३१ जनाको मृत्यु भएको छ। २२ साउनदेखि एक सातामा ३५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार मात्रै धनुषाका दुई सहित काठमाडौँ, धादिङ, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक–एक गरी एकै दिन सबैभन्दा बढी आठ जनाको मृत्यु भएको थियो।
५२५ थप संक्रमित पुष्टि भएको बिहीबार चार जनाको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ। २७ साउनमा ६३८ जनामा संक्रमण देखिएको थियो भने काभ्रेपलाञ्चोक, धनुषा, सिन्धुपाल्चोक गरी चार जनाको मृत्यु भएको थियो। त्यस दिन उपत्यकामा थप १३६ जनामा संक्रमण देखिएको थियो।
२६ साउनमा चार जनाको मृत्यु भएको थियो। त्यस दिन ३३८ जनामा संक्रमण देखिएको थियो भने ४४ जना उपत्यकाका थिए। २५ साउनमा ३८० जनामा देखिँदा उपत्यकाका ९२ जना थिए । त्यस दिन दुई जनाको मृत्यु भएको थियो।
२४ साउनमा ३७८ जना संक्रमित थपिएकामा उपत्यकामा ६२ जना थिए। त्यस दिन तीन जनाको मृत्यु भयो। २३ साउनमा ४६२ जनामा संक्रमण पुष्टि भयो भने उपत्यकाका मात्रै १०६ जना थिए। त्यस दिन पाँच जनाको मृत्यु भएको थियो।
२२ साउनमा थप ३७० जनामा संक्रमण पुष्टि भएकोमा उपत्यकामा ८७ जना थिए। त्यस दिन पनि पाँच जनाको मृत्यु भएको थियो। मृत्यु हुने सवैभन्दा बढी प्रदेश–२ का छन्। बिहीबारसम्म गरी २८ पुरुष र ११ महिलाको प्रदेश–२ मा मृत्यु भएको छ।
वाग्मती प्रदेशमा (१८), प्रदेश–१ (८), गण्डकी प्रदेश (६), प्रदेश–५ (१२), कर्णाली प्रदेश (४) र सुदूरपश्चिम प्रदेश (८) जनाको मृत्यु भएको छ।
संक्रमणबाट सानो संख्यामा मृत्यु भइरहेकोमा बन्दाबन्दी खुलेपछि भने मृत्युदर बढेको मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार, मृत्यु भएका मध्ये आधा जतिमा दीर्घरोगी थिए। उनीहरुमा मधुमेह, अर्बुदरोग, फोक्सो र मिर्गौला सम्बन्धी समस्या थियो। तर, मृत्यु भएका आधामा बढी भने दीर्घरोग नभएको मन्त्रालयले जनाएको छ। source -himalkhabar.com

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
