- Loading...
बेनी अस्पतालमा हेमो डायलाईसिस सेवा उद्घाटन
- पुनहिल डट कम
- ४ साल अघि
- २४६ पटक पढिएको
मिगौला फेल भै नियमित डायलाइसिस गरिरहेका विरामीलाई लक्षित गरी बेनी अस्पतालमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी शुब्बा गूरुङले हेमो डायलाइसिस सेवाको उद्घाटन गरे ।
मुख्यमन्त्री गुरुङले आईतवार बेनी अस्पतालको हेमोडायलाइसीस युनिटको उद्घाटन गरी डायलाईसीस सेवाको औपचारिक सुभारम्भ गरेका हुन ।
‘अहिलेपनि स्वास्थ्य सेवा अस्तब्यस्त छ । खासगरी स्थानीय तह मातहत रहेका प्राथामिक स्वास्थ्य केन्द्र, हेल्थपोष्टहरुको ब्यवस्थापनमा स्थानीय तहलाई छोडिएको भएपनि सोही अनुसारको अधिकार र बजेट नहुँदा आधारभुत स्वास्थ्य सेवा अस्तब्यस्त भएको हो’ बेनी अस्पतालमा डायलाईसीस सेवा सुरु गराएपछि बोल्दै मुख्यमन्त्री गुरुङले भने, ‘केन्द्र सरकारले साविकका जिल्ला र अञ्चल अस्पतालहरुको ब्यवस्थापन प्रदेश सरकारलाई दिएपछि नै बेनी अस्पतालमा डायलाईसीस सेवा, अक्सिजन प्लान्ट, भन्टिलेटरसहितको सघर उपचार कक्ष (आईसीयु) समेतका सेवा संभव भएका हुन’ मुख्यमन्त्री गुरुङले थपे, ‘अव गण्डकी प्रदेश सरकार मातहतका स्वास्थ्य निकायमा कर्मचारी ब्यवस्थापन, स्वस्थ्य खानेपानी, किड्नी ट्रान्सप्लान्ट, क्यान्सर अस्पताल र शिक्षण अस्पताल बनाउन जुटेका छौं ।’
जिल्लामै डायलाइसिस सेवा सुरु भएपछि पोखरा, काठमाण्डौ पुगेर नियमित डायलाइसिस गरिरहेका मिगौला पीडितकालागी ठूलो आर्थिक राहत भएको छ । सेवा सुरु गर्न वीर अस्पतालका वायोटेक्निसियन र नर्सिङ अधिकृतले बेनी अस्पतालका तालिम प्राप्त डाक्टरलाई एक महिना प्राविधिक निगरानीमा सेवा सेवा सुचारु गराउने छन ।
बेनी अस्पताल ब्यवस्थापन समितिका अनुसार देशका विभिन्न अस्पतालमा ६० जना विरामीले मिर्गौलाको नियमित डायलाइसिस गरिरहेका छन । डायलाइसिस सेवामा विधुत नियमित गर्न ६२ केभिए र २० केभिए क्षमताका दुई वटा ब्याकअप राखिएको छ ।
‘म्याग्दी घर भएका धेरै मिर्गौला पीडित विरामीहरु पोखरा, काठमाण्डौमा पालो लगाई दिन अनुरोध गर्न आउनु हुन्थ्यो । धेरै जना विरामी गाउँबाट नियमित डायलाईसिस गर्न आउजाउ गर्न नसक्दा वसाईनै सर्नु परेको पीडा पनि देखेकी छु’ सेवा शुभारम्भ कार्यक्रममा वोल्दै गण्डकी प्रदेश सरकारकी सामाजिक विकास मन्त्री नरदेवी पुनले भनिन्, ‘अथक पहल र प्रयत्नबाट जिल्लामै डायलाइसीस सेवा सुरु गराउन सकिएको छ । यसबाट विरामीलाई सुविस्ता मात्र होईन आर्थिक रुपमा विपन्न परिवारका आश्रित सदस्यहरुलाई आर्थिक भार पनि कम हुने छ ।’
बेनी अस्पतालमै मिगौलाको डायलाइसिस सेवा सुरु भएपछि म्याग्दीका बाहेक पर्वत र मुस्ताङका विरामीलाई धेरै आर्थिक राहत पुग्ने भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय र केही विदेशमा रहेका जिल्लाबासीले पठाएका उपकरण तथा पूर्वाधार जुटाएर अस्पतालले सेवा सुरु गरेको हो । हाल स्वास्थ्य कार्यालयको भुई तल्लामा हेमोडायलाइसिस युनिट स्थापना गरिएको छ ।
बेनी अस्पताललाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले ४ वटा र अष्ट्रेलियामा बस्ने जिल्लाबासीको पहलमा २ वटा समेत ६ वटा हेमोडायलाइसिस मेसिनबाट सेवा सुरु गरिएको हो । ६ वटामध्य २ वटालाई वैकल्पिकको रुपमा उपयोग गरिने छ । गण्डकी प्रदेश सरकारले युनिट स्थापना गर्न छुट्टै ३५ लाख र सेवा नियमित गर्न बेनी अस्पतालका डाक्टरलाई तालिमको ब्यवस्था मिलाएको थियो । विरामीको चाप अनुसार विहान, दिउँसो र साँझ गरी तीन सिफ्टमा दैनिक १२ जनालाई सेवा पुर्याउन सकिन्छ ।
‘वीर अस्पतालका अनुभवी विज्ञको निगरानीमा डायलाइसिस सुरु गरेका छौं’ डायलाइसिस सेवामा संलग्न डा.नवराज वास्ताकोटीले भने, ‘सेवामा म समेत ५ जना डाक्टर र स्वास्थ्यकर्मी संलग्न छौं ।’ मिर्गौला पीडितको जटिलता हेरेर हप्तामा एकदेखी चारपटकसम्म डायलाइसिस गर्नु पर्ने हुन्छ । अव विहान घरबाट हिंडेर बेनी आई डायलाइसिसगरी साँझ घर फर्कन संभव भएको छ । एउटा विरामीले पोखरा पुगी डायलाइसिस गरी फर्कदा प्रत्यक हप्तामा कम्तीमा ५ देखी १२ हजारसम्म खर्च हुन्थ्यो ।
बेनी अस्पतालमै अक्सिजन प्लान्ट
त्यसैविच बेनी अस्पतालमा अक्सिजन उत्पादन गर्न छुट्टै प्लान्ट पनि राखिएको छ । प्लान्टबाट दैनिक १८ सिलिण्डर अक्सिजन उत्पादन हुने अस्पतालले जनाएको छ ।
सुरुमा अक्सिजन प्लान्टबाट भन्टिलेटरसहितको सघर उपचार कक्ष (आईसीयु)मा र हेमोडायइसिस युनिटमा पार्इंप लाईनबाट अक्सिजन पुर्याउने गरी काण्ठमाण्डौको डाइनोकेन्ट इन्टरनेसनल कम्पनीले धमाधम प्लान्ट सेटअप गरिरहेको छ ।
‘अक्सिजन प्लान्टको प्रपोजन बनाउँदा सिलिण्डर रिफिल गर्ने मेसिन राख्न छुटेछ । त्यसैले १५ लाख थप खर्च गरेर सिलिण्डर रिफिल मेसिन खरिद प्रकृयामा छौं’ अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष कटुवालले भने, ‘सिलिण्डर रिफिल गर्न थालेपछि बेनी अस्पताललाई मात्र होईन अन्य स्वास्थ्य संस्थाहरुमा पनि अक्सिजन पुर्याउन सजिलो हुने छ ।’
त्यस्तै अस्पतालले शव गृह ब्यवस्थित नहुँदा दुर्गन्ध परपर सम्म पुगेको भन्दै समुदायबाट गुनासो आएपछि मर्चरी च्यावम्बर पनि बनाउन थालेको जनाएको छ । अस्पतालमा चालु वर्षमा सिटीस्क्यान, थाईराईड परिक्षण, इको मेसिन र एमआरआई सुविधा थप्ने गरी काम भैरहेको पनि अस्पतालले जनाएको छ ।