FLASH NEWS
  • Loading...

पीएनका गुरुहरु नै तोडफोडमा लागेपछि…

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १४८ पटक पढिएको
पीएनका गुरुहरु नै तोडफोडमा लागेपछि…

पृथ्वीनारायण क्याम्पस (पीएन) मा कार्यरत शिक्षकहरुले तलब नपाएपछि तोडफोडमा उत्रिएका छन् । ६ महिनादेखि तलब नपाएको भन्दै क्याम्पसका शिक्षकहरुले तोडफोड गरेका हुन् । शिक्षकहरुले तोडफोड गर्दा क्याम्पस प्रमुखको कार्यकक्षको २ वटा झ्याल फुटेका छ भने केही कुर्सीहरु पनि भाँचिएका छन् ।
यसअघि आंशिक शिक्ष संघको नेतृत्वमा शिक्षकहरु तलबको माग राख्दै ज्ञापनपत्र बुझाउन पुगेका थिए । क्याम्पसका आंशिक शिक्षक विष्णु गौतमले तलबको माग लिएर क्याम्पस प्रमुखलाई भेट्न जाँदा बैठकको बहाना पारेर भेट्न आनाकानी गरेपछि परिस्थिति तोडफोडसम्म पुगेको जिकिर गरे । शिक्षकहरुले प्रमुखको कार्यकक्षमा तालाबन्दी समेत गरेका छन् ।
यसअघि पनि क्याम्पसमा आंशिक शिक्षक र प्रशासनबीचको लफडा भएको थियो । ७० प्रशित कक्षाभार सम्हालेका आंशिक शिक्षकलाई मासिक तलब हुनुपर्ने माग राख्दै आंशिक शिक्षकहरुले पठन पाठन रोकेका थिए । पीएनमा २ सय २० आंशिक शिक्षक कार्यरत छन् । विभिन्न कालखण्डमा क्याम्पसमा ज्यालादारीको रुपमा पढाइरहेका उनीहरुले आफूहरुलाई करारमा नियुक्त गर्नुपर्ने माग राख्दै आएका छन् ।

source- dhorpatannews.com