- Loading...
सलह सिकार
- पुनहिल डट कम
- ४ साल अघि
- २७५ पटक पढिएको

वन्यजन्तु, चराचुरुङ्गीको सिकार खेल्ने त सवैले सुनेकै छौं । हतियार वा पासोको सहायताद्धारा जनावर वा पंछिको प्राकृतिक वासस्थानको सेरोफेरोमा मार्ने प्रकृयालाई सिकार खेल्ने र जंगली जनावरको माशुलाई सिकार भनिन्छ ।
भीरमह काढ्ने परम्परागशिपलाई ‘हनी हन्टिङ’, अरिंङ्गालको गोला पोलेर लार्भा खाने परम्परालाई ‘अरिङगाल सिकार’ भने झै ०७७ असारदेखी सिकारको सूचिमा अर्को एक जात थपिएको छ, सलह सिकार ।
सभ्यताको प्रारम्भकालमा मान्छेले भोक मेट्न शुरु गरेको जंगली जनावरको सिकार गर्ने संस्कृति आजको आधुनिक विश्वमा महंगो सोखको माध्यम पनि बनेको छ । तर सलह सिकार भने अलिक फरक शैलीको छ । सलह सिकार मानवजातीमा भोकमरी निम्त्याउने सत्रु जीव नियन्त्रण गर्ने सवैभन्दाबढी प्रभावकारी र सजिलो विधी पनि हो ।
सलह किरा निकै पुरानो प्रवासी शत्रुजीव हो । अन्टार्कटिका बाहेक सवै महादेशमा सलह पुगेका छन । अहिले नेपालमा आएको सलह पाकिस्तानहुँदै भातरबाट नेपाल छिरेका हुन । सलहलाई प्रोटिनको रुपमा प्रयोग गर्ने प्रचलन भने पुरानो हो । विश्वका प्राय: सवै देशमा यसलाई खाने गरेको पाईएको छ ।
म्याग्दीका विभिन्न गाउँमा पनि हुलका हुल छिरेका सलहलाई स्थानीयले सिकार गरी संग्रह गरी राखेका छन । सलह छोपेपछि टाउको, पखेटार खुट्टाको पुछारतिरको भाग छुट्याएर धोईपखाली फ्राई गरी खाने गरिएको छ । सलह सिकार गर्ने सयौं स्थानीय मध्यकी एक हुन, कविता पुन । उनले कम्तीमा चार वोरा सलह संग्रह गरी राखेको बताईन ।
कविताले मात्र होईन जिल्लाका विभिन्न गाउँमा मान्छेहरुले सलह छोपेर सुकाई भण्डारण समेत गरेका छन । हिजोआज गाउँका पाहुनालाई मात्र होईन, सहरका आफन्तलाई समेत कोसेली फ्राईड सलह पठाउने गरिएको छ । सदरमुकाम बेनीका केही रेष्टुरेन्टले त मेनुमा सलह पनि थपेका छन । सलह खान थालेको यो पहिलो पटक होईन बर्षौ पहिले पनि यसरी नै सलह गाउँ पस्दा बाजे पुस्ताले यसरी नै सलह छोपेर खाने गरेको अनुभव सुनाउने गरेका छन ।
सलह फट्याङ्ग्राको एक प्रजाति हो । यो एक किसिमको फौजी किरा हो । सलहलाई अनिकाल निम्त्याउने/भोकमरी लगाउने किरा भनिन्छ । संयुक्त राष्ट्र स.घ कृषी तथा खाद्य्य संगठनले यो किरालाई सलह (लोकसट) प्लेगको नाम दिएको छ । यो किराले हरियो वनस्पितिलाई छिटै पुरै खाई दिनसक्छ ।
सलह लगातार अधिक बर्षाहुँदा माटो ओसिलो हुने र वातावरण हरियाली हुँदा प्रजनन दर र क्षमता बढी हु्ने गरेको छ । ३ देखी ५ महिनासम्म आयु हुने सलह किराले जीवनकालमा २० गुना जनसंख्या बृद्धी गर्ने वीकिपिडियामा उल्लेख गरिएको छ । सलहको उमेर अनुसार हरियो, खैरो र गुगावीहुँदै पहेलो रङ्गमा बदलिन्छ । सुरु चरण ‘होपर’ कै अवस्थामा विषादी छरेर मात्र सलह नियन्त्रण गर्ने उत्तम उपाय हो ।
सलहलाई नियन्त्रण गर्ने सवैभन्दा सजिलो र उत्तम विधी जालको प्रयोग गरी छोप्नु नै हो । यसको प्रोटिनकालागी जालमा पारी मार्नु सवैभन्दा बढी उपयुक्त विधी हो ।
तस्वीर : तारा पुन, कविता पुन, बावुराम तिलिजा

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
