Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

लोमन्थाङमा फुटवलको रौनक

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २९८ पटक पढिएको
लोमन्थाङमा फुटवलको रौनक

तस्वीर : ढेन्डुक छिरिङ गुरुङको फेसवुकबाट

भू–दृष्यका निमित्त चन्द्र धरातलको झल्को दिने मुख्य हिमालय श्रृखला र हिमालपारीका हिमाल (द्ययचमभच यच त्चबलक ज्ष्mबबिथब) बीचमा अवस्थित उच्च हिमाली उपत्यका मुस्ताङको लोमन्थाङ क्षेत्रमा अहिले फुटवल तथा भलिवल खेल उत्सवको रौनक छाएको छ ।
जनैपूर्णिमा (यार्तोङ चाड)को अवसर पारेर समुद्र सतहदेखी ४ हजार ५० मिटर उचाईमा अवस्थित लोमन्थाङ गाउँपालिका, ३ थिंकर गाउँमा माउण्टेन पासाङ युवा क्लवको आयोजनामा ‘छ्योग्यल जिग्मे मेमोरियल’ फुटवल तथा भलिवल खेल प्रतियोगिता संञ्चालन भैरहेको छ । प्रतियोगितामा लोघेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिका भित्रका १४ वटा युवा क्लवहरु विच प्रतिस्पर्धा छ । छायाँवृष्टी क्षेत्र उपल्लो मुस्ताङमा यतिवेला सुख्खा छ, खेलकुदकालागी उपयुक्त मौषम छ ।


‘यस बर्ष उपल्लो मुस्ताङको लोमन्थाङभन्दा केही बाहिर खिङ्गर (थिङ्गर)मा फुटवल तथा भलिवल प्रतियोगिता संञ्चालनमा छ’ प्रतियोगिता आयोजक माउण्टेन पासाङ युवा क्लवका सचिव म्युच्योर गुरुङले भने, ‘कोरना मुक्त क्षेत्र भएको र बाहिरबाट खेलाडी तथा दर्शक आउन रोक लगाईएकोले वालुवाको पहाडमाथी सभ्य रुपमा विश्वको लोकप्रिय खेल फुटवल प्रतियोगिता भैरहेको छ । दर्शकको राम्रो उपस्थिती छ ।’
विश्वले उपल्लो मुस्ताङलाई सँधै अभाव र पछौटे परेको जीवनका रुपमा मात्र बुझ्छन । विश्व प्रख्यात फुटवल समेतका खेल गतिविधीको त झन चर्चा नै हुँदैन । उपल्लो मुस्ताङमा भैरहेको ‘जिग्मे मेमोरियल’ फुटवल तथा भलिवल खेल प्रतियोगिता पहिलो पटक आयोजना गरिएको होईन । परम्परादेखी नै घोडदौड रसाँस्कृतिक मेला लगाउने गरिएकोमा विगत १४ बर्षदेखी उपल्लो मुस्ताङ्का घिलिङ, घमी, ढाकमार, चराङ, मराङ्, धी, सुर्खाङ, घारा, ताडग्या, ध्ये, लोमन्थाङ, नेन्योल, छोस्यार, न्याम्डो, किम्लिङ, थिंकर, फुवा, नाम्ग्याल समेतका गाँउहरुमा पालैपालो फुटवल र भलिवल खेल समावेस गरी प्रतियोगिता आयोजना गरिँदै आएको छ । पछिल्लो दुई वर्षदेखी लोमन्थाङका अन्तिम राजा जिग्मे परवल विष्टको सम्झनामा छ्योग्यल जिग्मे मेमोरियल’ खेल प्रतियोगिता नामाकरण गरिएको हो ।
‘यो खेल प्रतियोगिता उपल्लो मुस्ताङको प्रतिष्ठित प्रतियोगिता हो । छिमेकी तिब्बत र विश्वका पर्यटकहरु समेत हिमाली खेल प्रतियोगिता हेर्न आउँथे तर यो वर्ष कोरना भाईरस र लकडाउनको कारण उपल्लो मुस्ताङ् प्रवेशमा रोक लगाईएकोले प्रतियोगिता प्रभावित छ’ लोमन्थाङ गाउँपालिका अध्यक्ष सुवर्ण विष्टले भने, ‘खेल प्रतियोगिता अवधि घटाएका छौं । दर्शकलाई सामाजिक दुरी कायम गर्न र टाढाबाट नआउनै भनेका छौं । जिल्लामा कोरना नदेखिएकोले युवाको मागलाई रोक्न सकिएन ।’
माटोको सहरमा धमाधम खेलग्राम बन्दै
त्यसैविच संघिय सरकारको १ करोड लागतमा लोमन्थाङ गाउँपालिका, ६ किमलिङमा सुविधायुक्त खेलग्राम निर्माण सुरु भएको छ ।
३ सय ८ मिटर लामो, १ सय २० मिटर चौडा खेल मैदानमा ९ लेनको एथलेटिक्सकालागी सेन्थेटिक ट्रयाक सहित फुटवल, भलिवल र बास्केटवल कोर्टकासाथै २ हजार दर्शक अट्ने प्याराफिट निर्माण सुरु भएको उपल्लो मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले भने, ‘लोमन्थाङमा खेलग्राम निर्माणक्रममा छ । यो खेलमैदान हाईअल्टिच्युट खेलकुदको हव हुन सक्छ । हाम्रो प्रयास त्यही भैरहेको छ ।’ श्रोत : ईकान्तिपुर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल