- Loading...
अख्तियारमा कार्यरत १५ लाई कोरोना, प्रधानमन्त्रीको सरकारी निवासमा समेत स्वाब संकलन हुने
- पुनहिल डट कम
- ४ साल अघि
- १४१ पटक पढिएको

संघीय राजधानी काठमाण्डौको टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत १५ जनालाई कोरोना संक्रमण भएको छ ।
अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले आयोगमा कार्यरत १८२ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
उनका अनुसार कोरोना संक्रमण पुष्टि हुने १५ मध्ये धेरै सुरक्षाकर्मीहरु रहेका छन् । कोरोना पोजिटिभ देखिएकाहरुलाई आइसोलेसनमा राखी उनीहरुको सम्पर्कमा आएकाहरु पत्ता लगाउने काम स्वास्थ्य मन्त्रालय मातहतको टोलीले गरिरहेको बताइएको छ ।
यसैबीच, स्वास्थ्य मन्त्रालय अन्तरगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मंगलबार साँझसम्म प्रधानमन्त्रीको बालुवाटारस्थित सरकारी निवासमा कार्यरत सबैको स्वाब संकलन गर्ने योजना बनाएको समेत बताइएको छ । प्रमको सरकारी निवास तथा अन्य विशिष्ट व्यक्तिहरुको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुलाई पहिलो प्राथमिकतामा राखेर स्वाब संकलन थालिएको महाशाखाले जनाएको छ ।
पछिल्लो समय सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण भूसको आगो झै फैलिरहेको छ । समूहमा रहेर काम गर्ने सुरक्षाकर्मीसँगै स्वास्थ्यकर्मी समेत जोखिममा छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
