- Loading...
पर्सामा डाक्टर, सेना र पत्रकारसहित ३४ जना कोरोना संक्रमित थपिए
- पुनहिल डट कम
- ४ साल अघि
- १३४ पटक पढिएको

पर्साको वीरगञ्जमा आज बिहानै डाक्टर, सेना र पत्रकारसहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज थपिएकामा दुई बालक र चार महिला पनि रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन कुमार उपाध्यायले संक्रमित हुनेहरुको उमेर १४ वर्षदेखि ५६ वर्षसम्म रहेका छन् । संक्रमित चार जना महिलाहरुको उमेर १६,२६,२८ र ४९ रहेको छ ।
सुर्खेत घर भई नेशनल मेडिकल कलेजमा बसी काम गर्ने २८ वर्षीया महिला डाक्टरमा संक्रमण देखिएको छ । त्यस्तै, वीरगंज ११ रानीघाट घर भइ नारायणी बयोधा अस्पताल प्रालि गण्डकमा कार्यरत ३४ वर्षीय पुरुष डाक्टरमा पनि संक्रमण देखिएको छ ।
त्यसैगरी, नारायणी अस्पताल वीरगंजको फार्मेसीमा कार्यरत ३० र ४३ वर्षका दुई पुरुष, नारायणीकै पारामेडिक्सको कन्ट्याक्ट ट्रेसिङ्मा परेका २१, २७ वर्षका दुई गरी कूल चारजना स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन् ।
चण्डीप्रसाद गण वीरगंज घण्टाघरमा कार्यरत एवं शव व्यवस्थापन टोलीमा खटेका २८, ३० र ३२ वर्षका तीन जना नेपाली सेनाका सिपाही पनि संक्रमित भएका छन् । त्यस्तै एक जना २२ वर्षीय सञ्चारकर्मी र वडा प्रहरी कार्यालय विर्तामा थुनुवामा रहेका २० वर्षे पुरुष पनि संक्रमित भएका छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
