- Loading...
तीन दिन कुरेपछि वल्न पुग्यो पहिरो प्रभावित क्षेत्रमा प्रदेश सरकारको राहत
- पुनहिल डट कम
- ४ साल अघि
- १८८ पटक पढिएको

गण्डकी प्रदेश सरकारले म्याग्दीका बाढीपहिरो पीडितकालागी ढिलागरी भएपनि राहत सामाग्री पुर्याएको छ ।
तीन दिनदेखी राहत पर्खेर वसेका पीडितकालागी शनिवार सेनाको हेलिकोप्टरले धौलागिरी गाउँपालिका, ६ मराङको राम्चे र अर्वाङ मालिका गाउँपालिका, ७ विमको वाईन्नफाँट र अन्नपूर्ण गाउँपालिका, ३ काप्रेका पहिरो पीडितकालागी हरेक वस्तीमा ८०–८० वोरा चामल, ४–४ प्याक सोयाविन तेल, ८०–८० केजी नुन र तीन–तीन क्वाएल खानेपानीको पाईप तथा शौचालयका सामाग्री पुर्याएको म्याग्दी क बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले बताए ।
प्रदेशर सरकारको उपस्थिती नभएको गुनासोबढेपछि पीडितकालागी २० दिनपछि गण्डकी प्रदेश सरकारले खाद्यान्न पठाएको हो । प्रतिकुल मौषमको कारण तीन दिनदेखी हेलिकोप्टर उड्न नसकेपछि पहिरो प्रभावित क्षेत्रमा पठाउने खाद्यान्न बेनीमा रहेको प्रहरी कार्यालयमा अलपत्र थियो । पहिरोको कारण प्रभावित क्षेत्रमा पुग्ने सडक मार्ग अवरुद्ध भएपछि थोरै राहतलाई पनि महंगो मुल्यको हेलिकोप्टरबाट ढुवानी गर्नु परिरहेको छ ।
यसैविच जिल्ला विपद ब्यवस्थापन समिति र स्थानीय पालिकाहरुमा रहेका विपद ब्यवस्थापन समितिले पहिरो गएको २० दिन पुग्दासम्म पीडितको वर्गिकरण र क्षतिको यकिन विवरण संकलन गर्न सकेका छैनन । खोज, उद्धार तथा राहत एवं पुनस्थापनामा जुट्न पर्ने मुल्य जिम्मेवार रहेका प्रहरी, स्थानीय सरकार र रेडक्रसले संकलन गरेका पीडित बर्गिकरण तथा क्षतिको विवरणमा एकरुपता देखिएको छैन ।
‘पहिरो पीडित तथा पहिरोले पुर्याएको भौतिक क्षतिको यकिन तथ्याङ्मा प्रहरी र स्थानीय सरकार विचको तथ्याङ्कमा ठूलो फरक देखिएपछि हामीलाई जिल्ला विपद ब्यवस्थापन समितिको वैठक वोलाउन समस्या भएको छ’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘बैठकमा योजना बनाउन तथ्याङक राख्नु पऱ्यो । तर यता अझै पूर्ण भएकै छैन । अन्यौल भएको छ ।’
गण्डकी प्रदेश सरकारले राहत पुर्याउनुको साथै अन्नपूर्ण गापा, ३ दानाकी भीरबाट लडेर गम्भीर घाईते ४५ बर्षिय दिलकुमारी बरुवाल र मराङ अर्वाङकी २५ बर्षिय गर्भवती महिलाको पनि उद्धारगरी सदरमुकाम बेनीमा ल्याएको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
